नयाँदिल्ली: भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धीलाई हत्याको धम्की आएको छ । यस्तो धम्कीपछि उनले दक्षिणी भारतको भ्रमण पनि रद्द गरेका छन् ।
गान्धी भारतको मुख्य प्रतिपक्षी दल कँग्रेसका दोस्रो वरीयताका नेता हुन् ।
उनले पन्डुचेरी, तमिलनाडु, केरलालगायतका दक्षिणी भारतीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम थियो । सोमबार राति यस्तो धम्की आएको बताइएको छ । यसपछि उनले दक्षिण भारतको भ्रमण रद्द गर्नुपरेको कंग्रेस आईले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
नेता गान्धीले आफ्नो भ्रमण रद्द गर्नुपरेकोमा क्षमायाचना गरेका छन् ।
उनी यही मे १६ तारिखमा हुन गइरहेको स्थानीय निर्वाचनका लागि ती क्षेत्रमा जान लगेका थिए । उनले आफूलाई ज्वरो आएकाले भ्रमण रद्द गर्नुपरेको दाबी गरेका थिए । पछि उनको पार्टीले भने मार्ने धम्की पन्डुचेरीबाट आएकाले भ्रमण रद्द गरिएको बताएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत सरकारले उनको भ्रमणका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिएका थिए ।
Tuesday, May 10, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment