इस्लामाबाद: पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली हैदर गिलानी अफगानिस्तानको गजनी प्रान्तमा फेला परेका छन् । पाकिस्तानी विदेश मन्त्रालयले मंगलबार यस्तो जानकारी दिएको छ ।
अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोहम्मद हनिफ अतमरले पाकिस्तानी प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार सरताज अजिजलाई फोन गरी उक्त जानकारी दिएका छन् । उनले गिलानी अफगानिस्तानको गजनी प्रान्तमा फेला परेको जानकारी दिए ।
अलीलाई पाकिस्तान पठाउने व्यवस्थाको तयारी भइरहेको उनले जानकारी दिए । अलीको स्वास्थ्य परीक्षण भइरहेको अफगानिस्तान सरकारले जानकारी दिएको छ ।
पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल अली भुट्टोले गिलानी अफगानिस्तानमा फेला परेको ट्विटरमार्फत सार्वजनिक गरेका छन् । बिलावलका अनुसार एक वर्षसम्म अफगान सरकारले उनको खोजी गरिरहेको थियो ।
पूर्वप्रधानमन्त्री गिलानीलाई अफगानिस्तानका राजदूतले फोन गरेको पनि खुलासा गरिएको छ ।
अलीलाई पाकिस्तानको मुल्तान सहरबाट सन् २०१३ को मे ९ तारिखमा सशस्त्र समूहले अपहरण गरेको थियो । अपहरणका क्रममा उनका दुईजना साथी मारिएका थिए ।
Tuesday, May 10, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment