नयाँदिल्ली, २९ वैशाख । भारतमा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढ्दै गएको परिस्थितिमा लुधियानाकी एक युवतीले भने साहसिक प्रतिकार मात्र गरिनन्, अन्य युवतीका लागि उदाहरणसमेत प्रस्तुत गरेकी छन् ।
आफूलाई जिस्क्याइरहेको एक युवकलाई उनले पहिला त आफ्नो चप्पलले पिटिन् । मानिसहरू भेला हुन थाले, भीडले पनि ती युवकलाई पिट्न थाल्यो । मानिसहरूले ती युवकको चारपाटा मुडिदिए ।
बीच सडकमै पीडित युवतीले ती युवकको पाइन्ट खोलिदिइन् ।
नाङ्गो बनाएर ती युवकलाई पिटियो । यतिले पनि रिस नमरेपछि ती युवतीले उक्त युवकको हातमा चुरा लगाइदिइन् ।
भारतीय संचारमाध्यमले ती युवक र पीडित युवतीको परिचय भने खुलाएका छैनन् । यद्यपि घटनाको दृष्य कैद गरिएको भिडियो र तस्वीरहरु भने व्यापक प्रचार भइरहेको छ ।
Tuesday, May 10, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment