300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 10, 2016

Tagged under:

फेरि टीभीमा आकर्षित हुँदै साहरुख

बलिउड नायक साहरुख खान पुनः टेलिभिजनमा फर्किने मुडमा छन् । नायक साहरुख खानलाई लाग्न थालेको छ, चलचित्र बजार भन्दा टेलिभिजनमा कलाकारको स्थान सुरक्षित छ ।

 साहरुखले एक समारोहमा मिडियासँग कुरा गर्दै भनेका थिए ‘टेलिभिजन कुनै पनि शैलिका कथावाचनमा बढी सफल हुन्छ ।’ उनको भनाई अनुसार चलचित्रमा दुइदेखि तीन घण्टामा सबै कुरा भनिसक्नुपर्छ । तर टीभीमा समयको बन्धन हुँदैन ।

 अर्को प्रसंगमा चलचित्र भन्दा टेलिभिजन बढी प्रभावकारी भएको पनि देखेका छन् उनले । उनी भन्छन्-‘टीभीमा निर्देशकलाई जतिसुकै जटिल विषयमा पनि विचार दिने समय हुन्छ ।’ उनले आफु टीभीमा फर्किन लागेको स्पष्ट पारे पनि कस्तो कार्यक्रमवाट आउने भन्नेमा स्पष्ट पारेनन् । साहरुखले यसअघि गेम शो होष्टिङ गरेका छन् भने ड्रामा र केही धारावाहिक सिरियलमा काम गरेका छन् ।

साहरुखले हलिउडको टीभी शो राम्रो लाग्ने गरेको प्रतिक्रिया दिए । अनिल कपूरको ‘२४’ र प्रीयंका चोपडाको ‘क्वान्टिको’ जस्ता नयाँ शैलीमा बनेका टेलिभिजन कार्यक्रम राम्रो लागेको प्रतिक्रिया दिए ।

0 comments:

Post a Comment