बिहीवारबाट लागू हुने योजनाअन्तर्गत ग्राहकले बाङ्गलादेश, कम्बोडिया, मलेशिया र श्रीलङ्का भ्रमणको समयमा करसहित १ हजार ५ सय रुपैयाँमा प्याक खरीद गरी दैनिक अनलिमिटेड डाटा पाउने एनसेलले बताएको छ ।
योजनाअन्तर्गत ग्राकहले प्रत्येक दिन स्वतः सुचारु हुने दैनिक अनलिमिटेड डाटा रोमिङ प्याक वा प्रत्येक दिन आफैले किन्नुपर्ने प्याक प्रगोग गर्न सक्छन् ।
स्वतः सुचारु हुने प्याक खरीद गर्दा ग्राहकले एकपटक प्याक खरीद गरेपछि भ्रमण अवधिभर सहजै डाटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकताअनुसार दैनिक रूपमा खरीद गर्न सकिने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्याक खरीद गर्नका लागि ग्राहकले स्टार १७१२७ ह्यास डायल गरी प्राप्त जानकारीअनुसार रोमिङ सेवा सुचारु गर्नुपर्ने बताइएको छ ।
त्यसपश्चात स्टार १७१२९ ह्यास डायल गरी आफै सुचारु हुने वा प्रत्येक दिन किन्नुपर्ने प्याक छान्न सक्ने एनसेलले बताएको छ ।
दैनिक प्याकको समयसीमा २४ घण्टासम्मको हुने तथा आफै सुचारु हुने दैनिक प्याकको हकमा जुन सुकै समयमा खरीद गरे तापनि प्रयोग गर्ने समयसीमा मध्य रातमा सकिनेछ र स्वतः नयाँ प्याक सुचारु हुने बताइएको छ ।
प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबी एक्जियटा (बाङ्गलादेश), स्मार्ट एक्जियटा (कम्बोडिया), सेलकम एक्जियटा (मलेशिया) र डायलग एक्जियटा (श्रीलङ्का) को नेटवर्कमा कनेक्ट भई डाटा सेवामार्फत आफन्तसँग सम्पर्कमा रहन सक्नेछन् ।
Wednesday, May 25, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment