फेसबूकमा पोष्ट गरेका आफ्ना पोष्ट, तस्वीर तथा भिडियोमा अत्यधिक लाइक आओस्, ती धेरै सङ्ख्यामा शेयर होस् भन्ने चाहना सबैका हुन्छ । कहिलेकाहीँ त साथीहरूमाझ, विशेषगरी युवाहरूमा कसले धेरै लाइक वा शेयर पाउने भन्ने प्रतिस्पर्धा नै चलिरहेको हुन्छ । यस्तै कुरालाई दृष्टिगत गर्दै साथी तथा तिनको समूहमा आफ्ना कुरा पु¥याउन सहजताका लागि यहाँ केही उपयोगी उपाय प्रस्तुत गरिएको छ :
निरन्तरता
फेसबूकमा लोकप्रियता पाउन पोष्ट गर्ने कार्यलाई निरन्तता दिइरहनुपर्छ । हप्तामा एउटा वा मासिक पोष्ट गरेर लोकप्रियता पाउँछु भन्ने सोच्नुहुन्न । तर, निरन्तरताले मात्रै लोकप्रियता पाउन सकिन्छ भन्ने पनि होइन । आफूले पोष्ट गर्ने भिडियो तथा तस्वीरलगायत गतिलो हुनु वा त्यसले हेर्ने मानिसमा मुस्कान वा आँसु ल्याउने क्षमता राख्नु आवश्यक छ । त्यसैले, निरन्तरताका लागि मात्रै जे पायो त्यही पोष्ट गर्नु पनि हुँदैन ।
उपयुक्त समयमा पोष्ट गर्ने
फेसबूकमा लोकप्रियताका लागि आफुले पोष्ट गर्ने कण्टेण्टहरू उत्कृष्ट हुनु अनिवार्य छ । आफै कण्टेण्ट तयार नगर्नेहरूका लागि यस्ता कण्टेण्ट खोज्न गाह्रोसमेत हुन सक्छ । तर, राम्रा कण्टेण्ट खोजेर पोष्ट गर्दा साथीभाइ तथा तिनका सर्कलमा ‘हिट’ हुन गाह्रो पनि छैन ।
आफ्नो जन्मदिन वा खुशीको अवसरमा त्यससँग सम्बन्धित पोष्टले पनि मानिसलाई खुशी प्रदान गर्न सक्छ । तसर्थ, तिनले यी अवसरका बारेमा गरिएका तस्वीर, भिडियो वा पोष्टमा पनि लाइक÷कमेण्ट गर्ने सम्भावना रहन्छ ।
फेसबूकमा आफ्ना कुरा पोष्ट गर्न सर्वाधिक उपयुक्त समय कुन हो भन्ने बारेमा भने मानिसका फरकफरक विचार हुने गरेको छ । तर, यससम्बन्धी गरिएका विभिन्न अध्ययनमा भने साँझको ७ देखि ८ बजेका बीचमा गरिएका पोष्टमा अत्यधिक लाइक्स तथा कमेण्टस् आउने पाइएको छ । अफिस समयमा गरिएका पोष्टमा मानिसले आफ्नो व्यस्तताका कारण लाइक तथा कमेण्ट गर्ने कम सम्भावना हुने पाइएको छ ।
र यो पनि बुझ्नुहोस्
मानिसहरूबीच लोकप्रिय बन्न तिनका कुरालाई पनि महŒव दिनु आवश्यक छ । आफ्नै कुरा मात्र अगाडि राख्नेलाई मानिसहरू कम रुचाउँछन् । तपाईंले अन्यको पोष्टलाई बेवास्ता गर्नुहुन्छ भने तिनले पनि तपाईंको पोष्टलाई त्यस्तै व्यवहार देखाउने सम्भावना रहन्छ । तर, यसा भन्दैमा तिनका सबै कुरामा सहमति देखाउनुपर्छ भन्ने चाहिँ होइन । यदि तपाईं मानिसले जान्न चाहने किसिमका कुनै काम गर्दै हुनुहुन्छ र तिनले यसका बारेमा जानकारी पाऊन् भन्ने चाहनुहुन्छ भने फेसबूक लाइभको प्रयोग गर्ने अप्शनसमेत फेसबूकमा उपलब्ध छ ।
0 comments:
Post a Comment