एजेन्सी:
लेबर पार्टीका नेता सादिक खान शक्ति राष्ट्र बेलायतको राजधानी लन्डनको मेयर बन्न सफल भएका छन् ।
सादिक यूरोपको सबै भन्दा ठूलो सहर लन्डनमा पहिलो पटक मुस्लिम मेयर पनि बन्न सफल भएका छन् ।
चुनाव अधिकारीका अनुसार सादिक खानले आफ्ना प्रतिद्वन्द्वी कन्जभेर्टिभ पार्टीका ज्याक गोल्डस्मिथलाई तीन लाख भन्दाबढी मतले पराजित गर्न सफल भए ।
यो घोषणा मतदानको २४ घन्टापछि गरिएको हो ।
सादिक खान आफूलाई ब्रिटिश मुस्लिमकारुपमा चिनाउँदै चरमपन्थविरुद्ध संघर्षरत रहेको बताउँछन् ।
उनले गोल्डस्मिथमाथि आरोप लगाउँदै उनले ८.६ मिलियन जनसंख्याको बहुसांस्कृतिक शहरका मतदाताबीच त्रास र विभाजनको राजनीति गरेको उल्लेख गरेका छन् ।
उनले १० लाख भन्दा बढी मुस्लिम बस्ने लण्डनमा आफ्ना प्रतिद्वन्द्वीले धार्मिक सद्भाव भड्काउने राजनीति गरेको जिकिर गरेका हुन् ।
लन्डनका एक बस ड्राइभर र महिला दर्जीका छोरा ४५ वर्षीय सादिक खानको सिधा भिडन्त कन्जर्भेटिभ पार्टीका ४१ वर्षीय ज्याक गोल्डस्मिथसँग थियो ।
सादिकका प्रतिस्पर्धी एक धनी व्यापारीका छोरा हुन् ।
गोल्डस्मिथले प्रचारका क्रममा सादिक खानमाथि मुस्लिम चरमपन्थीलाई साथ दिएको आरोप पनि लगाएका थिए । उनको यस आरोपको कडा आलोचना भएको थियो । यहाँसम्म कि उनको आफ्नो कन्जर्भेटिभ पार्टीमा पनि त्यो कुराको आलोचना भएको थियो ।
सादिक खानले अब बेलायतका लोकप्रिय नेता बोरिस जोन्सनलाई विस्थापित गर्नेछन् ।
अहिले बेलायत यूरोपेली संघबाट बाहिरिने या रहने भन्ने विवाद तानिएको छ ।बोरिसलाई बहालवाला प्रधानमन्त्री डेभिड क्यामरनका उत्तराधिकारी मानिएको छ ।
Saturday, May 7, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment