300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

म्यान पावरले ठगेर कतारमा भोकैतिर्खै परेका विष्णुको उद्धार

काठमाडौं:
म्यान पावरले भने अनुसारको काम नदिएर कतारमा भोकैतिर्खै बस्न बाध्य एक नेपाली युवाको प्रहरीको पहलमा उद्धार गरिएको छ ।

 रामेछापको खिम्ती गाविस-७ घर भएका ३२ वर्षीय विष्णु अधिकारीलाई नेपाल प्रहरीको पहलमा कतारस्थित दूतावासले उद्धार गरि नेपाल पठाएको हो । नेपालबाट माघ १९ मा कतारका लागि उडेका विष्णु त्यहाँ म्यान पावरले भने अनुसारके काम नमिलेपछि ठगिएका थिए ।

 विष्णु अलपत्र परेपछि उद्धारका लागि उनकी पत्नीले महानगरीय अपराध महाशाखामा उजुरी दिएकी थिइन् । पत्नीको निवेदनका आधारमा नेपाल प्रहरीले विष्णुलाई वैशाख २१ गते उद्धार गरेर नेपाल ल्याउन सफल भएको हो । यो ठगीमा संलग्नहरुमाथि अनुसन्धान अघि बढाइएको महाशाखाले जानकारी दिएको छ ।

0 comments:

Post a Comment