300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

सोमबार सूर्य सामुन्ने आउँदै बुध ग्रह

उत्साहित भएका वैज्ञानिक यसो भन्छन् एजेन्सी: बुध (मर्करी) ९ मेमा सूर्य नजिकै आउँदैछ । यस्तो घटना सय वर्षमा केबल १३ पटक हुने गरेको छ। अमेरिका समेत विश्वका कयौं भूभागबाट यस घटनालाई टेलिस्कोपबाट देख्न सकिनेछ । बुध हाम्रो सोलार सिस्टमको सबैभन्दा सानो र सूर्यको सबैभन्दा नजिक रहेको ग्रह हो । बुधले सूर्यको चक्कर ८८ दिनमा लगाइसक्छ ।

 जबकि पृथ्वीले सूर्यको चक्कर लगाउन ३६५ दिन लगाउँछ । यस भन्दाअघि बुध ग्रह सन् २००६ मा सूर्य अगाडिबाट गएको थियो । अहिले देखिएपछि सन् २०१९ मा यस्तो दृश्य फेरि देख्न पाइनेछ । बुध ग्रह सूर्य र पृथ्वीको बीचबाट हरेक ११६ दिनमा जाने गर्छ । तर पृथ्वीको तुलनामा उसको अर्बिटल प्लेन केही डिग्री छड्के छ । बुधको अर्बिट केही झुकेको छ । बुधले पृथ्वीमाथि या तलबाट सूर्यको चक्कर लगाउँछ । जब पृथ्वीको कक्षालाई काट्छ तब उसले आफ्नो अर्बिटल प्लेनलाई पनि काटेर जान्छ । यस्तो केबल सय सालमा १३ पटकमात्र हुने गरेको छ ।

 नौ मेमा नेपालमा बुध ग्रह साँझ ५ बजेदेखि राति १२ बजेसम्म सूर्यको सामुन्नेबाट जानेछ । सूर्य सामुन्नेबाट जाने क्रममा वैज्ञानिकले बुधले तारा-ग्रह कक्षमा कस्तो गतिविधि देखाउनेछ भन्ने अध्ययन गर्नेछन् । नासाले यो घटनाको अध्ययनका लागि तीनवटा टेलिस्कोप लगाएको छ । नासाका कार्यक्रम प्रबन्धक लुई मेयोका अनुसार 'स्पेसमा जब दुई ग्रह या तार नजिक आउँछन् तब बैज्ञानिकहरु उत्साहित हुने गरेका छन् ।यसबाट हामीलाई धेरै बुझ्ने र जान्ने अवसर मिल्छ ।' बुध सूर्य नजिकैबाट गइरहँदा वैज्ञानिकहरुले त्यहाँको वायुमण्डलबारे बुझ्ने प्रयास गर्नेछन् । नासाका अनुसार एकदमै तातो भएकाले बुधमा वायुमण्डल छैन । अर्को शब्दमा भन्दा बुधको वायुमण्ड एकदमै पातलो रहेको छ। ग्यास यहाँ रहिरहन सक्दैन । 

 बुधले सूर्यको सामुन्नेबाट चक्कर लगाएको घटना सन् १६३१ मा पत्ता लागेको थियो । यस घटनाबाट अनुसन्धानकर्ताले बुधको सतह र धर्तीको सूर्यसम्मको दुरी पत्ता लगाउन मद्दत मिलेको थियो । मेयोका अनुसार सन् १६३१ मा पहिलो पटक बुध सूर्यको अगाडिबाट गएको देखिएको थियो । त्यसबेला आजको तुलनामा धेरै छोटो टेलिस्कोप थियो।

 अहिलेको प्रविधिको मद्दतमा बुधको ट्रान्जिटबाट अन्तरीक्ष यान र अन्य सामाग्रीको परीक्षण गर्न सकिनेछ । नासाका अर्का वैज्ञानिक डीन पेस्नेलका अनुसार 'जब हामी कुनै धेरै चम्किलो चीज सामुन्ने केही देख्छौं त त्यहाँ तुवाँलो लागेजस्तो देखिन्छ । चमकदार किरणले एक प्रकारको तुवाँलो पैदा गर्छ। 'सूर्यको सामुन्ने आउँदा बुध पनि एकदमै कालो देखिनेछ । तर हामी वैज्ञानिक प्रविधिमार्फत तुवाँलोलाई कम गरेर अध्ययन गर्छौं', उनल भने ।

0 comments:

Post a Comment