काठमाडौं, जेठ ५ – एकताका चलचित्रका सफल सेलिब्रेटीका छोराछोरीले पछिल्लो समयमा नेपाली चलचित्रमा राज गरिरहेका छन् । केकी अधिकारी, अनमोल केसी, अनुभव रेग्मी, संयम पुरी, गौरभ पहारी यसका उदाहरण हुन् ।
यो क्रम अझै जारी छ । फेरि पनि केही सेलिब्रेटीका छोराछोरीहरुले आमाबुवाको पेशालाई अघि बढाउने सम्भावना देखिएको छ । कुन कुन सेलिबे्रटीका छोराछोरी फिल्म नगरीमा आफ्नो भाग्य नाप्न आउँदैछन् त ?
कविता मानन्धर
अभिनेत्री करिष्मा मानन्धर र निर्माता विनोद मानन्धरकी छोरी कविता चाँडै फिल्म खेल्द ैछिन् । उच्च अध्ययनका लागि अमेरिकामा रहेकी कविता नेपाली फिल्मप्रति निकै रुची राख्छिन् ।
त्यसैले पनि करिश्माले आफ्नै होम प्रोडक्शनमार्फत छोरी कवितालाई फिल्ममा डेब्यु गराउने योजनामा छिन् । यसबारे कविताका पिता विनोद मानन्धर खुसी छन् । उनले आफ्नी छोरीकाबारेमा केही समय अगाडि छोरीलाई जे ईच्छा लाग्छ त्यहि गर्छे, यदि उसलाई अभिनयमा आउन मन लाग्छ भने ठिकै छ आउँछे, आउन मन लाग्दैन भनेपनि ठिकै छ भनेका थिए । करिश्माले एक समय नेपाली सिनेमामा राज गरिन् । त्यसैले पनि नेपाली फिल्ममा करिश्माकी छोरी कविताबाट धेरैले अपेक्षा गरेका छन् ।
सुवानी थापा
अभिनेत्री झरना थापा र फिल्म निर्माता सुनिलकुमार थापाको विवाहभएको दुई दशक भयो । विवाहपछि झरनाले करियरमा राम्रो सफलता हात पारिन् । उनलाई विवाहपछि फस्टाएकी नायिका पनि भनिन्छ ।
तर झरनाले विवाहपछि करियरलाई मात्र प्राथमिकता दिईनन् । एउटी सफल नायिका सँगसँगै झरना एक आमा पनि हुन् । उनकी छोरी सुवानी थापा अहिले १८ वर्षकी भइन् र उनलाई छिट्टै फिल्ममा देख्न पाइने खबर छ । केही समयअघि झरना पुत्री सुवानी फिल्म निर्माताका रुपमा सिने क्षेत्रमा आउने कुरा थियो । तर त्यो हल्ला आजसम्म हल्लामै सीमित भएको छ ।
दिव्या रायमाझी
अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी अहिले अमेरिकामा छिन् । दिव्याको सुन्दरता र अभिनय गर्न सक्ने क्षमता देखेर केही फिल्म निर्माता तथा निर्देशकले फिल्ममा काम गर्ने अफर पनि दिइसकेका छन् ।
तर उनी पहिले आफ्नो पढाई पूरा गर्ने सोचमा छिन् । यही कारण उनले आफूलाई आएका अफरहरुलाई अस्वीकार गरिन् । केही समयअघि दिव्याको जन्म दिनमा निर्देशक श्याम भट्टराईले उनलाई भविष्यकी नायिका पनि भनेका थिए । जुन कुराले फिल्मीबजार तातेको थियो ।
सुहानी थापा
अभिनेत्री शुभेच्छा थापाकी छोरी सुहानी अहिले १७ वर्षकी भइसकेकी छिन् । छोरी नै आफु जत्रै हुनलाग्दा शुभेच्छाको चाल, ढाल र पहिरनमा कुनै परिवर्तन आएको छैन ।
शुभेच्छाकी छोरी पनि उमेरका हिसाबले नायिका भएर फिल्मी क्षेत्रमा आउन लायक भएकी छन् । तर उनको बारेमा केही पनि कुरा सार्वजनिक भने भएको थाहा पाइएको छैन ।
0 comments:
Post a Comment