300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 18, 2016

Tagged under:

वैदेशिक रोजगारीको सम्पूर्ण जानकारी अब एउटै ‘एप’मा

‘शुभयात्रा’ एप सार्वजनिक काठमाडौँः

 सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप बुधबार सार्वजनिक भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको सो एपको श्रम तथा रोजगारमन्त्री दीपक बोहरा र सङ्घका अध्यक्ष शेष घलेले बुधबार सार्वजनिक गरे ।

 एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने, श्रव्य, दृष्य, फेसबुक लिङ्क तथा लिखित सामग्री संलग्न छन् । वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई विदेशको यात्रा, कामको अवधि सुरक्षित बनाउन सहयोग गर्ने सामग्रीसमेत एपमा छन् ।

 एपमा कामदारको अधिकार, श्रम स्वीकृति, निवेदन प्रक्रिया, विदेशमा काम गर्दा गर्न हुने र नहुने कार्य तथा महिला कामदारप्रति लक्षित सामग्री समावेश छ । हाललाई नेपाली सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका मुलुक कतार, मलेसिया र साउदी अरबकाबारेमा विस्तृत जानकारीसमेत एपमा समावेश गरिएको छ ।

 मन्त्री बोहराले एपले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सबै नेपालीको हातमा एन्ड्रोइड मोबाइलको पहुँच नपुगेको वर्तमान अवस्थामा यो एपको प्रयोगलाई अझ कसरी सरलीकृत गर्ने भन्नेमा ध्यान दिन सुझाव दिए । एनआरएनका अध्यक्ष घलेले नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका सन्दर्भमा त्यसलाई सुरक्षित बनाउन एप सहयोगी हुने बताए।

0 comments:

Post a Comment