परासीः आफूले कमाएको २५ हजार रुपैयाँमा साथीको आँखा लाग्दा बृजमोहन गुप्ताको ज्यान गएको एक महिनापछि गुप्ताका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी दुम्किवास–१ मा डेरा गरी व्यवसायी सञ्चालन गर्दै आएका सुरेन्द्रकुमार शाह र मुसाफिर खानले गत वैशाख १५ गते आफ्नै साथी बृजमोहन गुप्ताको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।
तीनै जना भारतको मोतिहारी गाउँका हुन् । पक्राउ परेका दुईजनालाई बुधवार इलाका प्रहरी कार्यालय कावासोतीले पक्राउ गरेको हो ।
प्रहरीसँगाको बयानमा अभियुक्तले २५ हजारको लोभमा आफ्नै साथीको हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार केही वर्षदेखि तीनै जना एउटै घरमा डेरा गरी बस्दै आएका थिए ।
मृतक बृजमोहन र सुरेन्द्र एउटै कोठामा बस्थे भने मुसाफिर माथिल्लो तलामा बस्थे । बृजमोहन र सुरेन्द्रको कवाडीको पाटनरी काम गर्दै आएका थिए ।
मुसाफिर भने उनीहरुकै नजिक पसल खोलेर टायर पञ्चर टाल्ने काम गर्दै आएका थिए । घटनाको दिन बृजमोहनले काम वापत २५ हजार रुपैयाँ पाएको र उक्त रकमका लागी आफुहरुले हत्या गरेको अभियुक्तले प्रहरी समक्ष वयान दिएका छन् ।
घाँटी थिचेर हत्या गरेपछि उनीहरुले शवलाई टाउ काटेर दुई टुक्रा पारेका थिए । अनुसन्धानलाई प्रभावित बनाउन उनीहरुले शरीरलाई सडकको कल्भर्ड तल र टाउकोलाई जंगलमा लगेर फालेका थिए ।
अभियुक्त दुवै जनालाई मंगलबार र दुम्किवास बजारबाट पक्राउ गरिएको र आवश्यक कारबाही प्रकृया अघि बढाइएको नायब उपरीक्षक थापाले जानकारी दिए ।
Wednesday, May 18, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment