300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 18, 2016

Tagged under:

इक्वेडरमा ६.७ म्याग्निच्यूडको भूकम्प

इक्वेडरः इक्वेडरमा बुधबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ६.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

 इक्वेडरमा एक महिना अगाडी गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि पुनः ६.७ म्याग्निच्यूडको अर्को ठूलो भूकम्प गएको हो । एक महिना अघि गएको भूकम्पमा परी ६८० व्यक्तिको मृत्यु भएको थियो । स्थानीय समयाअनुसार बुधबार बिहान २ः५७ मा गएको भूकम्प ६.८ म्याग्निच्यूड मापन गरिएको इक्वेडर राष्ट्रिय भूगर्भिय संस्थाले जनाएको छ ।

 दक्षिण अमेरिकी राष्ट्रको पश्चिमी मनाबी क्षेत्र यो भूकम्पबाट प्रभावित भएको बताइएको छ । भूकम्पको विस्तृत विवरण भने प्राप्त भएको छैन । भूकम्पबाट हालसम्म मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन् ।

0 comments:

Post a Comment