300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

उद्योगपतिलाई अपहरण गरी फिरौती माग्ने पक्राउ

वीरगन्जः वीरगन्जका एक उद्योगपतिलाई अपहरण गरी फिरौती रकम असुलेको आरोपमा प्रहरीले चार जना युवकलाइ हतियारसहित पक्राउ गरेको छ ।

 प्रहरीले अपहरण र फिरौती असुलीमा संलग्न बाराको कलैया नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय इमरान मन्सुर, कलैया नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय रोशन पौडेल, कलैया नगरपालिका वडा नम्बर ६ मोतीसरका २० वर्षीय दीनानाथ पटेल र वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २७ रामगढवाका १९ वर्षीय जय प्रकाश पटेललाइ हतियारसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली चार राउण्ड र मोबाइल सेट तीन थान, फिरौती असुलीका लागि धम्की दिने कार्यमा प्रयोग गरिएका सीमकार्ड दुई थान र फिरौती बापत असुलिएको नगद एक लाख रुपैयाँ पनि बरामद गरेको छ । अपहरणकारी चारै जना युवकलाई प्रहरीले भारतीय सीमासंग जोडिएको बाराको ग्रामीण भेगबाट बिहिबार साँझ पक्राउ गरेको हो ।

 युवकले बाराको कलैयामा प्लास्टिक उद्योग सञ्चालन गरेका वीरगन्ज रेशमकोठीका उद्योगीलाई फिरौतीका लागि तीन दिनदेखि धम्की दिदै आएका थिए । उनीहरुले उद्योगपतिसँग १० लाख रुपैयाँ फिरौती मागेका थिए । उनीहरुले उद्योगपतिलाई धम्क्याउनका लागि उनको घरमा गत बुधबार राउण्ड गोली समेत राखेका थिए । फिरौतीका लागि पटक–पटक धम्की आएपछि पीडित उद्योगपतिले बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठलाइ भेटेर घटनाका बारेमा जानकारी गराएका थिए ।

 उद्योगपतिलाई बिहिबार दिउँसो वीरगन्जको प्रतिमा चोकमा बोलाएर केहि घण्टा नियन्त्रणमा लिई अपहरणकारीले लक्षमणवा गाँउको गण्डक नहर तर्फको एकान्त ठाँउमा लागि एक लाख रुपैयाँ फिरौती असुलेर छाडेका थिए । सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरु पक्राउ गरेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

 अपहरणकारी युवकले फिरौती बापतको १० लाख मध्ये एक लाख रुपैयाँ लिएको र बाँकी नौ लाख रुपैयाँ एक हप्ता भित्रमा लिने शर्तमा उद्योगपतिलाई छाडेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सुरक्षाका कारण पीडित उद्योगपतिको नाम गोप्य राखिएको पनि उनले बताए ।

0 comments:

Post a Comment