काठमाडौं, २७ बैशाख ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल सोमबार श्रममन्त्री दिपक बोहरासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
वैदेशिक रोजगार सम्बन्धि परेका उजुरीपछि निरीक्षणका लागि एयरपोर्ट पुगेका खनालले दुई महिलाको अन्धकार हुन लागेको जिन्दगी बचाए । उनले गलत प्रक्रियाबाट दुबई जान दुई महिलालाई उद्दार गरी त्यहीबाट समात्न लगाए ।
भिजिट भिसामा दुबई जान लागेका दुबै महिलालाई बेचिन सक्ने आशंका खनालले तुरुन्तै पक्राउ गर्न लगाएका हुन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खनाल एयरपोर्ट पुग्दा एयर अरेवियाबाट सारजा हुँदै दुवई जान लागेका संखुवासभा स्याबुन–१ घर भएकी राहदानी नम्बर ०७०२९७२७ बाहक २७ वर्षीया मुना विक र महोत्तरी माईस्थान–३ घर भएकी राहदानी नम्बर ०५५९७००३ बाहक ३३ वर्षीया उर्मिला श्रेष्ठ बिमानस्थलको गौचरबाट पक्राउ परेका हुन् ।
भिजिट भिसामा सारजा हुँदै दुवई जान लागेको आशंकामा उनीहरुलाई मन्त्रीसहितको खनालको टोलीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा उक्त महाशाखाबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Monday, May 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment