काठमाडौं, २७ बैशाख ।
श्रीमतीको हत्या गरेर फरार एक पुरुषलाई प्रहरीले सोमबार १० वर्षपछि पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कर्तब्यज्यान मुद्दाका फरार प्रतिबादी काठमाडौं महानगरपालिका–१८ रक्तकाली बस्ने ५४ वर्षीय प्रताप बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले काठमाडौं रक्तकालीबाट सोमबार पक्राउ गरेको हो ।
बज्राचार्य समेत भएको कर्तब्यज्यान मुद्धामा सर्वोच्च अदालतको २०६३ साउन २९ गतेको फैसलाले २ बर्ष कैद र ५ सय जरीवाना सजाँय तोकिई कैद तथा जरीवाना बेरुजु रही फरार रहेका बज्राचार्यलाई फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएको हो ।
प्रतिबादी बज्राचार्यले २०५३ असोज ४ गते आफ्नी पत्नी छायाँ बज्राचार्यलाई कुटपिट गरेको र सो चोटबाट छायाँको असोज १३ गते मृत्यु भएको भन्ने कर्तब्यज्यान मुद्दामा सर्वोच्च अदालतबाट उक्त सजाँय भएको थियो ।
बज्राचार्यलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाएको छ ।
Monday, May 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment