वैशाख २७, २०७३- केबलकार चढ्न मनकामना नै पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको छ ।
उपत्यकावासीले अब थानकोटबाट चन्द्रागिरिसम्म केबलकार चढ्न पाउने भएका छन् । केबलकारको गत शनिबार परीक्षण गरिएको छ ।
थानकोट गोदामचौरबाट चन्द्रागिरि डाँडासम्म दुई किलोमिटर दूरीमा अब ३८ वटा केबलकार सञ्चालन हुनेछन् ।
९ मिनेटको यात्रा दूरी हुनेछ । केबलकार सञ्चालक कम्पनी काठमाडौं फनपार्कका अध्यक्ष चन्द्र ढकालका अनुसार केबलकार एक महिनापछि नियमित सञ्चालन हुनेछ ।
सवा तीन अर्बको लगानीमा काठमाडौं फनपार्क अन्तर्गत चन्द्रागिरि केबलकार, चन्द्रागिरि मन्दिर (भालेश्वर महादेव), चन्द्रागिरि भ्यू टावर र चन्द्रागिरि रिसोर्ट सञ्चालन हुने ढकालले जानकारी दिए ।
Monday, May 9, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment