300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

हिन्दु धर्म रक्षाका लागि जबर्जस्ती चन्दा

दमौलीः हिन्दु धर्म रक्षा गर्नेलगायतका गतिविधिका लागि भन्दै हिन्दु संगठनले दमौलीमा चन्दा आतंक मच्चाएको छ । देशमा हिन्दु धर्ममाथि भएको अतिक्रमणविरुद्ध शान्तिपूर्ण माग राख्दा सुनुवाइ नभएकाले सरकारविरुद्ध कडा आन्दोलनका लागि भन्दै ‘हिन्दु मोर्चा नेपाल’ ले दमौलीका व्यापारीसँग चन्दा असुली थालेको छ ।

 संगठनका युवा कालोमास्कसहित व्यवसायी कहाँ पुगेर चन्दाका लागि पत्र बुझाउने गरेका छन् । पत्र लिएर एकजना युवा व्यवसायी कहाँ पुगेको केही दिनभित्र चन्दा संकलनका लागि आउने दमौली सफा सडकका एक व्यापारीले जानकारी दिए ।

 ‘उनीहरूले आफ्नो हुलिया लुकाएका थिए’, ती व्यापारीले भने, ‘केही दिनमा हामी रकम लिन आउँछौं भनेका छन् ।’ रकम लिन आउने क्रममा प्रहरीबाट आफ्ना कार्यकर्ता समातिए राम्रो नहुने भन्दै मोर्चाका जिल्ला संयोजक बताउने सम्राट पाण्डेले आफूहरूलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । चन्दा माग गर्दै सूचना गोप्य राख्न धम्कीसहितको पत्र दमौली बजारका धेरै व्यापारी कहाँ पुगे पनि पत्रमा दिइएको धम्कीकै कारण उनीहरूले सूचना सार्वजनिक गरेका छैनन । ‘सूचना प्रहरीसमक्ष पुगे राम्रो नहुने भनेका छन्’, ट्राफिक चोकका अर्का व्यापारीले भने, ‘सके सम्झाऔंला नसके के गर्नु ? ’ पत्रमा सबैजसो व्यापारीका लागि निश्चित चन्दा रकम तोकिएको छ ।

 आफ्नो संगठनको केन्द्रीय समितिले बैठक गरी चन्दा संकलन गर्ने निर्णय गरेको भन्दै पत्रमा गणतान्त्रिक सरकारलाई हिन्दु राष्ट्र स्थापनाका लागि दबाब दिन आन्दोलन जरुरी रहेको र त्यसका लागि ठूलो खर्च लाग्ने भएकाले चन्दा संकलन गर्न लागिएको उल्लेख छ । बजारका धेरै व्यवसायी कहाँ चन्दाका लागि माग गर्दै पत्र पुगे पनि प्रहरीले भने यसबारे जानकारी नभएको बताएको छ । अब सादा पोशाकमा प्रहरी परिचालन गरिने उसले जनाएको छ । ‘यसबारे कतैबाट उजुरी परेको छैन’, प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले भने, ‘अब सादा पोशाकका प्रहरीमार्फत सूचना संकलन गरेर कारबाही थाल्छौं ।’ उनले समूहबारे जानकारी भए प्रहरीलाई दिन आग्रह गरेका छन् ।

0 comments:

Post a Comment