300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

सरकारसँग वार्तामा जाँदैनौः उपेन्द्र यादव

वीरगन्जः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र जनजाति पार्टी सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले बोलाएको वार्तामा आफुहरु नजाने बताएका छन् । पर्साको उदयपुरघुर्मीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले सरकारबाट आह्वान गरिएको बार्ताको कुनै औचित्य नभएको बताए ।

‘सरकारले वार्ताका नाममा नौटंकी मात्र गरिरहेको छ’ ,उनले भने, ‘यही अवस्थामा अहिलेको सरकारसँग हमीले कुनै पनि वार्ता र छलफल गर्दैनौँ ।’ सरकारले वार्ताका लागि विश्वास गुमाइसकेको भन्दै उनले भने, ‘अहिलेसम्म ३६ पटक सरकारसँग वार्तामा बस्दा पनि कुनै लछारपटार लागेन, त्यसैले हामी यो नौटंकी गरिएको वार्तामा जान्नौँ ।

’ सरकारले मधेसका मुद्दा सम्बोधन गर्न नभइ मधेसी मोर्चा र संघीय गठवन्धनले घोषणा गरेको आन्दोलनलाई मत्थर पार्ने योजनाअनुरुप वार्ताको नाटक गरेको आरोप उनले लगाए । उनले संविधान पुनर्लेखन गरी मधेसी जनजाति तथा विभेदमा पारिएकाहरुलाई अधिकार दिन नचाहने सरकारसँग वार्ता नगर्ने बताए ।

 मधेसका मुद्दा सम्बोधनका लागि संविधान पुनर्लेखन गर्न सरकारकातर्फबाट ठोस प्रतिबद्धता आए मात्र आफुहरु वार्तामा जाने उनले बताए । अध्यक्ष यादवले भ्रष्टाचार र कालाबजारीयाहरुको संरक्षण गर्ने वर्तमान सरकार ढाल्ने पहिलो प्रयास विफल भएपनि अर्को प्रयासमा यो सरकार ढल्ने ठोकुवा गरे । अहिलेको वर्तमान सरकारले देशभित्र र देश बाहिर पनि विश्वास गुमाएकाले यो सरकारको आयु लामो नभएको दाबी उनले गरे ।

0 comments:

Post a Comment