मुम्बई: एक वर्ष अघिसम्म बलिउड अभिनेत्री कंगना रनावतको खुबै चर्चा हुन्थ्यो । फिल्मफेयर, नेसनल अवार्डजस्ता प्रतिष्ठित अवार्ड पाएकी कंगनाको कद क्रिस ३, क्विनु, तनु विड्स मनु रिटर्न्सजस्ता चलचित्रले अझै अग्लो बनाएको थियो।
उनी बलिउडमा धेरै कमाउने अभिनेत्रीमध्येकी एक हुन् । हिमाञ्चल प्रदेशको पहाडी भूभागमा जन्मेर कसैको सहाराबिना बलिउडका चर्चित घरानासँग प्रतिस्पर्धा गर्दै सफल भएकी कंगनाको दुई वर्षअघि प्रदर्शित चलचित्र क्विनुले प्रशंसाको बाढी ल्यायो। यसबाट उनले दर्जन अवार्ड हात पारिन् । त्यसपछि उनको हातमा भटाभट चलचित्र पनि पर्न थाले।
चलचित्र तनु वेड्स मनु रिटन्र्सुबाट उनले यसै साता भारतका राष्ट्रपति प्रणव मुखर्जीको हातबाट नेसनल अवार्डसमेत प्राप्त गरिन् ।
तीनपटकसम्म नेसनल अवार्ड पाउने थोरै नायिकामध्ये कंगना एक हुन्। अपेक्षा गरिएकी यी नायिकाको अहिलेको अवस्था भने त्यति सहज छैन।
व्यक्तिगत कारणले उनलाई अप्ठ्यारो पारिरहेको छ। ऋतिक रोशनसँगको झगडाले उग्र रूप लिएपछि सामाजिक सञ्जालमा उनको तीव्र विरोध भएको छ। ट्विटरमा क्यारेक्टरलेस कंगना ह्यासट्याग केही समयका लागि टप ट्रेन्डिङ भयो। उनलाई पब्लिसिटीका लागि ऋतिकसँग झगडा गरेको आरोप लगाइयो।
कतिपयले त उनलाई वेश्या र मनोरोगी नै भनिदिए।
कंगनाले हालै इन्डिया टुडेसँग अन्तर्वार्ता दिँदै आफूलाई यस्तो आरोप लगाउँदा कुनै फरक नपर्ने बताएकी छन्। अन्तर्वार्तामा उनले भनिन्, यो देशमा महिलालाई डायन, चुडेल र बोक्सी भनिन्छ, यस्तो कुराको म परवाह गर्दिनँ।
एक समयमा ऋतिक र कंगना गुपचुप रूपमा प्रेमसम्बन्धमा रहेको चर्चा चल्थ्यो। तर, कंगनाले केही समयअघि एक अन्तर्वार्ताका क्रममा ऋतिकलाई सिल्ली एक्सु अर्थात् बेवकुफ पूर्वब्वाइफ्रेन्ड भन्दै आफूहरूको प्रेमसम्बन्ध रहेको उल्लेख गरेकी थिइन् । ऋतिकले कंगनासँग सम्बन्ध नभएको जिकिर गरेका थिए ।
यसपछि सुरु भयो उनीहरूको वाकयुद्ध।
हुँदाहुँदै उनीहरूको झगडाले कानुनी रूप लियो । दुवैजना प्रहरीमा पुगे। अहिले उनीहरूको उजुरीमाथि प्रहरीले छानबिन गरिरहेको छ । यसै क्रममा शनिबार मुम्बई प्रहरीले कंगनाको निवास पुगेर उनको बयानसमेत लिइसकेको छ।
पछिल्लो समय कंगनाका अर्का ब्वाइप्रेन्ड अध्ययन सुमन (अभिनेता शेखर सुमनका छोरा) पनि यो प्रसंगमा मुछिएका छन्। अध्ययनले कंगनाले आफूलाई खानामा अशुद्ध नुन मिसाएर खान दिएको आरोप लगाएका छन्।
कंगनाले कालाजादु गरेर आफ्नो छोरालाई फसाएको, छोरालाई मोहनी लगाएको, बडीगार्डको जस्तो काम गर्न लगाएको, कोठामा बन्द गरेर यातना दिएको आरोप शेखरले समेत लगाएका छन् ।
Monday, May 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment