हामी प्रायः केरा खाइरहेका हुन्छौं । तर केराबारे यी २० रोचक यथार्थ जानेपछि यो तपाईलाई झन् स्वादिलो लाग्न सक्छ ।
आउनुहोस् केराबारे २० तथ्यहरु जानी राखौं :
-केरामा ट्राइप्टोफान पाइन्छ जुन मानिसले खाएपछि सेरोटोनिनमा रुपान्तरिक हुन्छ । यसले शरीरमा सेरोटोनिनको मात्रा बढाउँछ जसले प्रभावकारी र प्राकृतिक ढंगबाट डिप्रेसनका असरहरु घटाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
-केरामा प्रशस्त मात्रामा शक्तिबर्द्धक तत्वहरु हुन्छ ।
कुनै काम गर्नुभन्दा अगाडि दुईवटा केरा खानाले शरीरमा नयाँ ढंगले शक्तिको प्रवाह हुन्छ ।केरामा पाइने पोटासियमले मांशापेशी बाउँडिने र पीडा हुने समस्यालाई न्यूनीकरण गर्दछ ।
-दूधसँग केरा खानुहोस् । यसबाट प्रशस्त क्याल्सियम पाइन्छ । महिलाको लागि केराको सेवन विशेष उपयोगी छ । किनकी यसले महिनावारीसम्बन्धी दुःखाईको फैलावट घटाउँछ ।
-केरामा अधिक मात्रामा भिटामिन बि पाइन्छ, जसले सेतो रक्त कोषिकाको वृद्धिमा सहयोग गर्दछ ।
यसबाट शरीरमा विभिन्न मधुमेहजस्तै धेरै रोगहरुबाट बचाउँछ ।
-तपाई रक्तअल्पताबाट पीडित हुनुहुन्छ भने केरा तपाईको साथी बन्न सक्छ । किनकी केरामा फलाम तत्व पाइन्छ ।
-उच्च रक्तचापको समस्या झेलिरहेकाहरुलागि पनि केरा साथी बन्न सक्छ, किनकी यसले उच्च रक्तचाप घटाउन सहयोग गर्दछ ।
-केरामा पेक्टिन नामक तत्व पाइन्छ जसले हामीलाई पाचनमा सहयोग गर्दछ । मुटु पोल्ने गर्छ ? केरा खानुहोस् । यसमा एन्टासिड औषधीको गुण हुन्छ ।
Tuesday, May 10, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment