बेनीः म्याग्दीको निस्कोट–४ कोदालीबाङमा सोमबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा पाँ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् । दरबाङबाट निस्कोट गाउँ जादै गरेको ग १ ज ५१०३ नम्बरको जीप दुर्घटना हुँदा चालक ताकम–८ का मनबहादुर छन्त्याल, निस्कोट ४ की भोमती विक, निस्कोट–४ की श्यानकली विक, सुनमायाँ वि.क र निस्कोट–८ की दिलसरी विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गम्भीर घाइते पाँचजनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत बेनी ल्याउन लागिएको प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेका छन् ।
‘साघुरो र जीर्ण सडक त्यसमाथि घुम्तीमा टर्निङ नपुगेर दुर्घटना भएको देखिएको छ’, उनले भने । विशेष अवसरहरु मात्रै सञ्चालनमा आउने उक्त सडक एकदमै जीर्ण छ । उद्धारका लागि प्रहरीले लगेको गाडी अघि बढ्न नसकेपछि बीच बाटोमै छोडेर प्रहरी पैदल मार्फत घटनास्थल पुगेका थिए ।
दुर्घटनापछि दरबाङबाट प्रहरीको साथमा रेडक्रसकर्मी घटनास्थल पुगेका थिए । जीप सडकबाट करिब ७० मिटर तल खसेको स्थानीयबासीले जानकारी दिएका छन् ।
Monday, May 9, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment