हिन्दु धर्ममा सबैभन्दा बढी पुजिने र स्मरण गरिने देवता श्रीकृष्ण हुन् । विष्णुको अवतार मानिने श्रीकृष्णमात्र त्यस्ता पात्र हुन् जसको पहिचान र स्वरूपमा अरू देवताको दाँजोमा बढी विविधता पाइन्छ । कृष्णको चरित्र चित्रण गरिएको महत्वपूर्ण ग्रन्थ महाभारत हो ।
महाभारतमा श्रीकृष्णको वयस्क जीवनचरित फेला पर्छ । महाभारतकै अंशको रूपमा रहेको गीता हिन्दु धर्मको मात्र नभएर विश्व आध्यात्मिक जगत, दर्शनशास्त्र र नैतिक शास्त्रको पनि धरोहर हो । काव्यकारले कृष्णलाई गीताका रचयिता बताएका छन् ।
हिन्दु धर्मभित्र अलग्गै परम्परा र सम्प्रदायको स्थापना गीतामाथिको भाष्यबाट सुरु हुन्छ । प्रस्थानत्रयी भनिने तीन ग्रन्थमा गीताबाहेक उपनिषद् र वेदान्त पर्छन् । महाभारतकै परिशिष्टको रूपमा रहेको हरिवंशपुराण र श्रीमद्भागवत पुराणको दशम स्कन्ध कृष्णचरित्रको महत्वपूर्ण दस्तावेज हुन् ।
यीबाहेक पद्मपुराण, विष्णुपुराण र ब्रह्मवैवर्तपुराणमा पनि कृष्णको विशेष चर्चा गरिएको छ ।
कृष्ण ऐतिहासिक व्यक्ति हुन् कि काव्यिक कल्पनाको उपज हुन् यसको तर्कसंगत उत्तर फेला पार्न मुस्किल छ । धार्मिक आस्था र विश्वासको लेपनले कृष्णको व्यक्तित्वलाई असाधारणीकृत गरिसकेको छ ।
कृष्णले वध गरेका भनिएका वकासुरलाई सामान्य चरा मारेको, अरिष्टासुर भनिएको साँढेलाई युद्धकला नजान्ने अबोध पशु मारेको आदि भनेर शिशुपालले कृष्णको क्षमतामाथि नै प्रश्न उठाएको थियो ।
कृष्णलाई ईश्वरकै अवतार मान्ने तथा विशुद्ध ऐतिहासिक पुरुष मान्ने दुवै उत्तिकै बलशाली छन् । पौराणिक पात्रहरूलाई सांकेतिक रूपमा अथ्र्याउने परम्पराले कृष्णलाई व्यक्तिभन्दा पनि मानिसहरूमै भएको विशिष्ट गुणहरूको एउटा आदर्श समुच्चयको रूपमा पनि प्रस्तुत गर्दछ ।
कृष्णसँग जोडिएर आउने अन्य पात्र र स्थानको पनि आधी भौतिक अर्थ खोज्ने प्रयास सशक्त रूपमा स्थापित छ ।
वंश र जन्म
कृष्ण यादवकुलमा जन्मिएका हुन् । यादवहरूलाई ययातिकी पत्नी देवयानीको जेठो छोरा यदुको वंशज मानिन्छ । ययातिकै अर्की पत्नी शर्मिष्ठाको छोरा पुरुको वंशमा पाण्डव, कौरवहरू उत्पत्ति भएका हुन् ।
देवयानी दैत्य गुरु शुक्राचार्यकी छोरी हुन् भने शर्मिष्ठा दैत्यराज वृषपर्वाकी छोरी । प्राचीन भारत वर्षमा स्थापित चन्द्रवंश र सूर्यवंशमध्ये ययाति चन्द्रवंशको संस्थापक बुधको वंशमा पर्छन् । यस प्रकार कृष्ण मूलत- चन्द्रवंशी ठहर्छन् । सूर्यवंशी वैवश्वत मनुका वंशमा नपरेकाले यिनीहरू ‘मानव’ कहलाउँदैनथे ।
ययातिका पिता नहुषलाई सप्तऋषिहरूले सर्पयोनीमा रहने श्राप पनि दिएका थिए । यो अर्थमा नहुषवंशी नाग पनि ठहर्छन् । यदुको वंशमा एक राजा थिए मधु । मधुको नामबाट त्यसपछिका सन्तानलाई माधव भन्न थालियो । कृष्णलाई माधव भन्नुको मतलव कृष्ण मधुका वंशज भएकोले हो । मधुको वंशमा सातत्व पैदा भए ।
सातत्वका सन्तान वृष्णीको छुट्टै र अन्धकको छुट्टै वंश सुरु भयो । कृष्ण वृष्णीको वंशमा पर्छन् । कृष्णका मामा कंश अन्धकको वंशमा पर्छन् । कृष्णका पिताको नाम वसुदेव हो । वसुदेवका विभिन्न पत्नीमध्ये देवकी एक थिइन् ।
कृष्ण वसुदेव र देवकीका आठौं सन्तान हुन् । वसुदेवका पुत्र भएकोले कृष्ण वासुदेव पनि कहलिन्छन् । देवकी कंशको काका देवककी छोरी थिइन् । यो अर्थमा कंश कृष्णका मामा परेका हुन् ।
कृष्णको जन्म मथुरामा भएको हो । यादव राज्यलगायत अन्य स्वायत्त गणराज्यहरू अन्धकवंशी उग्रसेनको नेतृत्वमा थियो । कंशले पिता उग्रसेनलाई अपदस्त गरेर एकल निरंकुश राज्यको सुरुवात गरेको थियो । कंशको यो कदमबाट वृष्णीहरूलगायत अन्य गणराज्यका राजाहरू खुसी थिएनन् ।
कंशकै परिवारमा पनि फुट पैदा भएको थियो । यसै परिस्थितिमा उग्रसेनका भाइ देवकले वसुदेवसँग कौटुम्भिक सम्बन्ध स्थापित गरे । आफ्नो विरुद्धमा कुनै संगठनात्मक प्रयास हुन लागेको कुरा कंशलाई छनक मिलेको हुनुपर्छ । कंशले पिता उग्रसेनलाई कैद गरेको थियो भने देवक, वसुदेवहरू निगरानीमा थिए ।
भारत वर्षमा त्यो बेला मगधलाई केन्द्र बनाएर जरासन्धको एकल साम्राज्यको विस्तार हुँदै थियो । जरासन्धको व्यक्तित्वलाई एकदमै बलवान् र शक्तिशाली रूपमा ग्रन्थहरूमा चित्रित गरिएको पाइन्छ । कंशले जरासन्धका छोरीहरूसँग विवाह गरेर मगधसँग सम्बन्ध विस्तार गरेको थियो । यता मथुरामा कंशलाई वसुदेवसँग सबभन्दा बढी डर थियो ।
कंशले देवकी– विवाहको प्रसंग जोडेर वसुदेवसँग मैत्रीसम्बन्ध स्थापना गर्न खोजेको भान हुन्छ । सम्भवत- कुनै ज्योतिषले कंशलाई त्यो डर देखाइदिएको थियो, अथवा वसुदेवको सन्तानको हातबाट उसको मृत्यु हुने बताइदिएको थियो ।
पुराणहरूमा यो प्रसंगलाई अतिरञ्जित गरेर प्रस्तुत गरिएको छ । भागवतपुराण (दशम स्कन्ध, १-३४) मा कंशलाई आकाशवाणीबाट देवकीको आठौं गर्भको सन्तानबाट मृत्युयोग भएको बताइएको उल्लेख गरिएको छ । हरिवंशपुराण (विष्णुपर्व, १-१६) अनुसार कंशलाई देवकीको आठौं गर्भबाट भगवान् विष्णुले जन्म लिने र यिनै अवतारबाट उसको मृत्यु हुने जानकारी नारद ऋषिले दिएका थिए ।
उप्रान्त पुराणहरूमा कंशलाई देवकीका सन्तानको स्थायी बैरीको रूपमा चित्रित गरिएको छ । वसुदेवले आफ्ना सबै सन्तान कंशलाई बुझाउने वचन दिए ।
भागवतपुराण अनुसार वसुदेवले आफूहरूको पहिलो सन्तान आफैंले कंशलाई बुझाउन लगे (दशमस्कन्ध, १-५७) । पछि नारदले देवताहरूले कंशलाई मार्ने तानाबाना बुन्दै गरेको भनेर उक्साइदिएपछि कंशले देवकी र वसुदेवलाई हथकडीसहित कैद गरिदियो र उनीहरूका बर्सेनि जन्मेका ६ वटा सन्तानको निर्ममतापूर्वक हत्या गरिदियो ।
हरिवंशपुराणमा भने वसुदेव–देवकीलाई कैद गरिएको चर्चा छैन, निगरानीमा मात्र राखिएको बताइएको छ । भागवतपुराणमै पनि पछिल्ला प्रसंगले उनीहरू कैदमा थिएनन् भन्ने पुष्टि हुन्छ ।
देवकीको सातौं गर्भको सन्दर्भमा दशमस्कन्ध (२-२५) मा ‘देवकीको सातौं गर्भ पतन भयो भनेर पुरवासीले भने’ भन्ने उल्लेख छ । कैदमा रहेका वसुदेव–देवकीको बारेमा पुरवासीलाई कति थाहा थियो ? जब कि अन्य ६ वटा गर्भको बारेमा पुरवासीले के भने भन्ने चाहिँ उल्लेख गरिएको छैन ।
हरिवंश पुराणमा वसुदेव आफैं उपस्थित भएर देवकीको आठौं सन्तानस्वरूप कन्याको जन्म भयो भनेर कंशलाई जानकारी दिएका थिए (विष्णुपर्व, ४-२८) । भागवत पुराणमा मात्र कृष्णको जन्म झ्यालखानामा भएको प्रसंग छ ।
पुराणहरूमा देवकीको सातौं गर्भ सातौं महिनामा वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारिएको उल्लेख छ । आधुनिक विज्ञानमा पनि सम्भव नभैसकेको यो घटना त्यो समयमा भयो भनेर अनुमान गर्न गाह्रो छ ।
ईश्वरीय लीला भनेर विश्वास गर्नु अर्कै कुरा हो । रोहिणीमा सारिएको भनिएको गर्भबाट जन्मेका शिशु बलराम कहलिए ।
यसअनुसार, कृष्ण र बलरामको उमेर अन्तर एक वर्षको ठहर्छ । तर, भागवतपुराणका अन्य प्रसंगले त्यस्तो संकेत गर्दैनन् । उनीहरू एकदमै समवयस्क बुझिन्छन् । उनीहरूको बालककाल एक साथ बितेको थियो । भागवत पुराणको दशमस्कन्धमै (८-२६) बलराम र कृष्ण दुवै एकैसाथ पहिलोपटक दुई खुट्टा टेकेर उभिए भनिएको छ ।
उनीहरूको उमेरको अन्तर एक वर्षको हुँदो हो त दुवैले एकसाथ दुई खुट्टा टेकेर उभिने स्थिति हुने थिएन । मतलव, बलराम रोहिणीको गर्भबाटै जन्मेका हुन् ।
यहाँ स्मरणीय के छ भने कृष्ण गर्भमा आठ महिनामात्र रहे । सम्भावना के हुन सक्छ भने बलराम सात महिनामै जन्मेका थिए र कृष्णसँग केही दिन वा हप्ताको जेठो कान्छो थिए ।
बलरामको जन्म मथुरामा नभएर ब्रजमा भएको थियो । वसुदेव कैदमा नपरेको स्थितिमा उनका अन्य पत्नीबसँग पनि बेलामौकामा भेट हुनु सामान्य कुरा हुन्थ्यो । कंशको डरले उनीहरूलाई वसुदेव पुत्र भनेर परिचय गराइएको थिएन । यसले गर्दा उनीहरूको जातकर्म संस्कार पनि समयमा हुन पाएन । केही महिनापछि मात्र गर्ग ऋषिले उनीहरूको जातकर्म गोप्य रूपमा गरिदिए । गर्ग ऋषि यादवहरूको कुलपुरोहित थिए ।
कृष्णको जन्म अष्टमी तिथिको रातमा भएको थियो । हरिवंश पुराण (विष्णुपर्व, २-३५) मा योगमायालाई विष्णुले नवौं गर्भको रूपमा नवमी तिथिमा पुत्रीको रूपमा देवकीको गर्भबाट उत्पन्न हुने बताएका छन् । यद्यपि, योगमायालाई ब्रजमा नन्दपत्नी र यशोदाको गर्भबाट जन्म लिन भनिएको प्रसंगले केही अलमल पर्दछ ।
वसुदेवले देवकीको गर्भबाट कन्याको जन्म भएको जानकारी कंशलाई दिएको प्रसंगलाई जोड्दा के अनुमान गर्न सकिन्छ भने देवकीले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् (एक छोरा र एक छोरी ।)
अष्टमी तिथिमा जन्मिएका छोरा कृष्ण भए र नवमी तिथि लागिसकेपछि जन्मिएकी छोरी थिइन् । कंशले ढुंगामा पछारेर मारिदिएको यिनै बालिका शिशुलाई हुन सक्छ, न कि यशोदाकी पुत्रीलाई । रातारात भाद्र महिनाको यमुना नदी पार गर्ने कुरा सामान्य थिएन । त्यसमा पनि मथुरा र ब्रजको दूरी १५–१६ किलोमिटर जति छ । कृष्णको अलौकिकता सिद्ध गर्न कविले गरेको कल्पनामात्र हो यो कुरा ।
वसुदेवले छोराको जानकारी कंशलाई दिएनन् । एउटा सन्तान बुझाइसकेकोले कंशलाई अर्को सन्तानको शंका हुने कुरा पनि भएन र कंशले देवकीमाथि राखेको निगरानी खुकुलो बनाइदियो । यही मौकामा वसुदेवले कृष्णलाई गोप्य रूपमा ब्रज पु¥याइदिए । ब्रजमा वसुदेवका हितैषी नन्द थिए । रोहिणी पनि ब्रजमै थिइन् । नन्द र यशोदाले कृष्णलाई आफ्नो सन्तानको रूपमा परिचय दिए ।
त्योताका ब्रजमा शिशुहरू कुनै अज्ञात रोगका कारण मृत्युको मुखमा पुग्ने गरेको अनुमान हुन्छ । पुराणले त्यसलाई ग्रहको कारण बताएको छ । पुतना नामको ग्रहबाट कृष्ण पनि आक्रान्त भएको र त्यसलाई जितेको कुरालाई पुतनावध भनेर पुराणमा चर्चा गरिएको हुन सक्छ ।
बालककाल
कृष्णको बाल्यकालको वर्णन महाभारतपछिका पुराणहरूमा पाइन्छ । महाभारतका असाधारण पात्र कृष्णको बाल्यकाललाई अलौकिकता दिएर बढाइचढाइ गर्न पुराणकारहरूले प्रतिस्पर्धा नै गरेको छनक मिल्छ । पुराणअनुसार, कृष्णको बाल्यकाल ब्रजमा गोपगोपीका बच्चाहरूसँग खेलेरै बित्यो ।
महाभारत (सभापर्व, ४१-११) मा शिशुपालले कृष्णको निन्दा गर्दै कृष्ण कंशकै अन्न खाएर हुर्केको बताएको थियो । कृष्णको पूरै बाल्यकाल ब्रजमै बितेको भन्नेमा यो प्रसंगले शंका पैदा गर्छ । हुनसक्छ, कृष्ण मथुरा आउने÷जाने गर्थे । अथवा ब्रज कंशकै करद क्षेत्र भएकोले शिशुपालले त्यसो भनेको हुन सक्छ । पुराणमा कृष्णले बाल्यकालमै गरेका भनिएका असाधारण कार्यहरूको बृहत वर्णन छ ।
ब्रजमा घटेका यी असामान्य क्रियाकलापहरूको चर्चा पक्कै पनि मथुरासम्म पुगेको हुनुपर्छ । अझ बालक कृष्णद्वारा वध गरेका भनिएका विभिन्न रूपधारी असुरहरू कंसद्वारा खटिएर गएको बताइन्छ । तर, कंशले त्यस्तो अलौकिक प्रतिभा भएको बालक भनेर पहिचान गरेको प्रसंग भने फेला पर्दैन ।
कृष्णका बाल्यकालका कारनामाहरूलाई धेरैले असाधारण रूपमा नलिएको उदाहरण युधिष्ठिरको राजसूय यज्ञमा शिशुपालले व्यक्त गरेका अभिव्यक्तिहरूबाट बुझ्न सकिन्छ । कृष्णले वध गरेका भनिएका वकासुरलाई सामान्य चरा मारेको, अरिष्टासुर भनिएको साँढेलाई युद्धकला नजान्ने अवोध पशु मारेको आदि भनेर शिशुपालले कृष्णको क्षमतामाथि नै प्रश्न उठाएको थियो ।
कृष्ण देवकीकै छोरा हो भनेर नारदले बताइदिएपछि मात्र कंशलाई थाहा भएको हो (भागवतपुराण दशमस्कन्ध, ३८-२९) । बलराम पनि वसुदेवकै छोरा हुन् भनेर पनि कंशलाई नारदबाट त्यही बेला थाहा भएको हो ।
वसुदेवको अनुरोधअनुसार, नामकरण संस्कार गर्न ब्रज पुगेका गर्गलाई नन्दले बलराम तथा कृष्ण दुवैलाई आफ्नो पुत्र भनेर परिचय गराएका थिए (भागवतपुराण, दशमस्कन्ध, ८-६) । अर्थात् कृष्ण, बलरामको परिचय अत्यन्त गोप्य राखिएको थियो भन्ने आशय पुराणमा पाइन्छ ।
जब कंशलाई उनीहरूको परिचय प्राप्त भयो, तब मात्र उसले अक्रुरलाई उनीहरूलाई मथुरा लिएर आउने आदेश दिएर पठाएको थियो । भागवतपुराण अनुसार कृष्ण, बलरामलाई प्रथमपटक देख्दा अक्रुरलाई उनीहरू किशोरवयका अनुभव भएको थियो । यद्यपि त्यो बेलासम्म उनीहरूको यज्ञोपवित संस्कार भने भएको थिएन ।
उपनयन संस्कार पनि नभएको भनेर हुनसक्छ, कृष्णको उमेरलाई पुराणमा कम उल्लेख गरिएको छ । तर, यसअघि नै ब्रजवासीलाई आश्वस्त पारेर वृन्दावनमा बसाइँ सर्न प्रेरित गर्न सक्ने उमेर पक्कै पनि केटाकेटी उमेर मान्न सकिँदैन ।
पटकपटकको जरासन्धको आक्रमणबाट आजीत भएका मथुरावासीलाई दक्षिण भारतको द्वारकामा विस्थापित हुन प्रेरित गर्ने उमेर पक्कै पनि केटौले भन्न मिल्दैन । कृष्णलाई देखेर मथुराका युवतीहरू कति मोहित होलान् भनेर गोपीहरूले चर्चा गरेकोबाट पनि कृष्ण कम्तीमा त्यो बेला किशोरवयको पछिल्लो कालमा रहेको अनुमान गर्न सकिन्छ ।
उपनयनपछि थोरै समयको लागि सान्दीपनि ऋषिको आश्रममा उनीहरूलाई पठाइयो । यज्ञोपवित कर्मपछिको अनिवार्य विधिको रूपमा मात्र उनीहरूलाई आ श्रममा पठाइएको हुन सक्छ । किनभने, कंश वधपछि जरासन्धको बारम्बारको आक्रमणबाट मथुरालाई बचाउने जिम्मा कृष्णको काँधमा आएको थियो ।कंशले बोलाएकोले मथुरा गएका कृष्णले योपटकको मथुरायात्रालाई सामान्य रूपमा लिएका थिए । त्यसैले उनले यशोदा, नन्द र अन्य गोप, गोपीहरूसँग बिदावारी हुने आवश्यकता देखेनन् । तर, परिस्थितिले उनलाई फर्कने अवसर दिएन ।

0 comments:
Post a Comment