300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

नक्कली भिसामा विदेश पठाउने ४ जना पक्राउ, एयरपोर्टबाट

काठमाडौं : नक्कली श्रम स्वीकृति र भिसाको आधारमा विदेश पठाउने काममा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली श्रम स्वीकृति र नक्कली भिसामार्फत विदेश पठाउन संलग्न म्यानपावर र ट्राभल एजेन्सीका सञ्चालकहरुलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा श्रम विभागबाट कारबाहीमा परेका कर्मचारी सुशील शाक्य, ट्राभल एजेन्सी सञ्चालक अमृत ढकाल, राजेश ढकाल र फणीन्द्र तामाङ रहेका छन्।

 त्यस्तै नक्कली श्रम स्वीकृति लिएर विदेश जान लागेका २ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्दार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। 'नक्कली भिसा र नक्कली श्रम स्वीकृतिका आधारमा विदेश पठाउने काममा संलग्नता देखिएका चार जनालाई पक्राउ गरिएको छ २ जनाको उद्दार गरिएको छ' उनले भने 'उनीहरुबारे अनुसन्धान गरिरहेका छौं।' त्रिभुवन विमानस्थलमा छापा मार्दा यसअघि विदेश नगएका २ महिला पुनː श्रम स्वीकृतिको कागजात लिएर विदेश जान लागेका भेटिएका थिए।

उनीहरु हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट विदेश जान लागेका खनालले बताए। विमानस्थलमा गरिएको छापामा श्रम तथा रोजगार मन्त्री दीपक बोहरा पनि सहभागी भएका थिए। महाशाखामा नक्कली श्रम स्वीकृति, नक्कली मागपत्र र नक्कली भिसा मार्फत मानिसहरु विदेश पठाउने काम भइरहेको धेरै उजुरी समेत परेको छ।

यस्तै उजुरी र सूचनाको आधारमा सोमबार शंकास्पद ठाउँमा छापा मारिएको महाशाखाले जनाएको छ। महाशाखाले काठमाडौंको इन्टरनेशनल ट्रेड लिंक म्यानपावर, हिमालय रेडपान्डा ट्राभल, किङ अकबर टुर्स एण्ड ट्राभल्स लगायतका म्यानपावर कम्पनी र केही ट्राभल एजेन्सीमा पनि छापा मारेको हो। त्‍यहाँबाट पासपोर्ट, डेबुक, ल्यापटप लगायतका सामानहरु पनि बरामद गरेको छ। प्रहरीले ताहाचलस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालयमा पनि छापा मारी पुनः श्रम स्वीकृति शाखाको केही कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ।

0 comments:

Post a Comment