300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

भोजनपछि यी चीज खाँदा विष बन्छ

काठमाडौं । भोजन पश्चात हामीले केही यस्ता चिजको सेवा रोक्नुपर्दछ जसले शरीरमा नकारात्मक प्रभाव पार्न सक्दछन् । भोजन पश्चात सेवन यस्ता चिजले शरीरलाई विष समानको कार्य गर्न सक्छन् ।
एउटा कुरा के ख्याल गर्नुपर्दछ भने हामीले खाना खाँदा जहिले पनि पूर्ण पेटभर नभई केही कम सेवा गर्ने बानी बसाल्नुपर्दछ । भोजन पश्चात पनि कम्तीमा एक घण्टासम्म केही खानु वा पिउनु हुँदैन ।
भोजन पश्चात तुरुन्त चिसो पानी नपिऔं : भोजन गर्दा वा भोजन लगत्तै चिसो पानी पिउनु हानीकारक हुन्छ । भोजनको पश्चात तुरुन्त चिसो पानी पिउँनु हुँदैन किनभने शरीरको तापक्रम खाना पश्चात बढ्छ ।
हल्का तातोपानी खाँदा पनि शरीरमा भएको खराब टक्सिन पिसाबबाट बाहिर आउँछ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसले रोगहरुबाट बचाउन मद्दत गर्दछ । र पानी भोजनको एक घण्टपछि पिउनु जरुरी छ ।
भोजन पश्चात तुरुन्त धुम्रपान नगरौं : अधिकांश मानिस खाना खानेवित्तिकै चुरोट सल्काउन थाल्छन् । यो खराब आदत हो । खाना खाएको तुरुन्त पश्चात चुरोट पिउनु सामान्य अवस्थामा पिउनुभन्दा १० गुणा बराबरको बेफाइदा पु¥याउँछ ।
भोजनको पश्चात तुरुन्त फल नखाऔं : भोजन खाएको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसले पेटमा ग्यासको मात्रा बढाउँछ । भोजन खाएको एक घण्टा पूर्व या एक घण्टा पश्चात फलफूल सेवन गर्नु फाइदाजनक हुन्छ ।
भोजनका पश्चात तुरुन्त चिया नपिऔं : चियाको पत्तामा अम्लको मात्र अधिक हुन्छ जसले भोजनमा रहेको प्रोटिनको मात्रा असर पार्दछ । जसकारण पाचनमा कठिन हुन जान्छ । त्यसैकारण भोजन पश्चात चियाको सेवा कहिल्यै नगरौं ।
भोजनको पश्चात तुरुन्त सुत्ने बानी त्यागौं : भोजनको तुरुन्त पश्चात सुत्नु स्वास्थ्यका लागि घातक हुन्छ । यसले ग्यास्ट्रिक निम्त्याउने खतरा हुन्छ । रात्रिभोजन र सुत्ने समयबीच तीनघण्टाको अन्तराल हुनु जरुरी छ । दिउँसोको भोजनपछि पनि थोरै समयको निन्द्रा स्वास्थ्यका लागि राम्रै मानिन्छ ।
भोजनको पश्चात तुरुन्त ननुहाऔं : खाना पश्चात तुरुन्त नुहाउनाले शरीरको खुट्टा, हात र शरीरमा रगतको प्रवाह बढ्न जान्छ जसले स्वास्थ्य तथा पाचनतन्त्रमा हानी पु¥याउँछ ।
newsabhiyan bata

0 comments:

Post a Comment