300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 30, 2016

Tagged under:

नेपाल-चीन सम्बन्ध नयाँ युगमा’


१८ जेठ, काठमाडौं । चिनियाँ राजदूत ऊ चुन्ताईले नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चिनियाँ चर्चित पर्वतारोही वाङ् जियाङ्ले लेखेको ‘साइलेन्स अफ दि समिट’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै राजदूत चुन्ताईले त्यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै सफल चीन भ्रमणपछि नेपाल र चीनबीचको संबन्ध नयाँ युगमा प्रवेश गरेको छ’ राजदूत चुन्ताईले भने ।bataa प्रधानमन्त्री ओलीको भ्रमणका महत्वपूर्ण उपलब्धिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न नेपाल र चीन लागिपरेको राजदूत चुन्ताईले बताए ।

प्रधानमन्त्री ओली चैत ७ देखि १४ सम्म चीन भ्रमणमा गएका थिए । प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच ऐतिहासिक पारवहन यातायात सम्झौता लगायत दश बुंदे सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालले विगतमा दक्षिणी छिमेकी भारतको बाटो हुंदै मात्र तेश्रो देशसँग समुन्द्री व्यापार गर्दै आएकोमा चीनसँग भएको यो सम्झौताले चीनबाट पनि अन्य मुलुकसँग पारवहन व्यापार गर्न मार्ग खोलेको थियो । ‘यतिबेला हामी प्रधानमन्त्री ओलीको भ्रमणका उपलब्धिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न निकै मेहनतका साथ लागिरहेका छौँ’ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित कार्यक्रममा राजदूत चुन्ताईले भने । राजदूत चुन्ताईले हिमालय नेपाल र चीनबीचका अवरोधका रुपमा नभई द्विपक्षीय सम्बन्ध विस्तार तथा कनेक्टिभिटी बढाउनका लागि महत्वपूर्ण रहेको बताए ।

सरकारले प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणमा भएका ऐतिहासिक सम्झौता र सहमतिको कार्यान्वयन अनुगमनका लागि परराष्ट्र सचिव शंकर दास बैरागीको नेतृत्वमा दुई भिन्न समितिहरु गठन गरिसकेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चीनसँगका सम्झौताको कार्यान्वयनका लागि सबै मन्त्रालयले आफ्ना तर्फबाट गर्नुपर्ने कामका लागि कार्ययोजना तयार गर्ने, अन्र्त मन्त्रालयबीच नियमित बैठक बसि सम्झौताको कार्यान्वयनका लागि आन्तरिक गृहकार्य गरी चिनियाँ पक्षसँग छलफल अघि बढाइने भएको छ ।

 प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ पर्वतारोही वाङ्ले प्रकाशन गरेको पुस्तकले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध अझै मजबुत बनाउन मद्दत मिलेको बताए । ‘वाङ्ले सगरमाथा, ल्होत्से लगायतका चुचुरा चढेर देखाएको साहस हाम्रा लागि सिक्न लायक छ’ प्रधानमन्त्रीले भने । आजको अन्नपूर्णमा समाचार छ ।

0 comments:

Post a Comment