चितवन, जेठ १३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि बन्ने नयाँ सरकारको नेतृत्व माओवादीले गर्ने सहमति भएको बताउनुभएको छ ।
बिहीबार चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले बजेट घोषणापछि आफ्नै नेतृत्वमा सरकार बन्ने सहमति नेकपा (एमाले)सँग भएको बताउनुभएको हो । एमालेसँग नौ बुँदे सहमति गर्ने समयमा अब बन्ने सरकारको नेतृत्व आफूलाई दिने समझदारी भएको प्रचण्डले बताउनुभएको छ ।
संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, मधेस समस्या समाधान र विकास निर्माणका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताउँदै उहाँले अब बन्ने सरकार पनि राष्ट्रिय सहमतिको सरकार हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
माफी मिनाहासम्बन्धी ऐन अन्तिम चरणमा पुगेको बताउँदै उहाँले द्वन्द्वकालीन मुद्दाहरु शान्ति प्रक्रियाअनुरुप टुङ्ग्याउनुपर्ने बताउनुभयो ।
सर्वोच्च अदालतमा शुक्रबार लिखित जवाफ पठाइने बताउँदै अध्यक्ष प्रचण्डले अदालतको आफूले सम्मान गर्ने बताउँदै आफैँ जानुपर्ने नदेखिएकाले लिखित जवाफ लिएर वारेस पठाउने बताउनुभयो । अदालतको मानहानीसम्बन्धी मुद्दामा उहाँलाई सर्वोच्चले शुक्रबारसम्म जवाफ दिन आदेश दिएको थियो ।
Saturday, May 28, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment