जेठ १५ – संयुक्त राष्ट्रसंघले सिरिया सरकार र बिद्रोही समूहसँग सहायता सामग्री सर्वसाधारण नागरिकसम्म सजिलै लैजान दिन आग्रह गरेको छ । राष्ट्रसंघका उपमहासचिव स्टेफन ओब्राइनले खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन अप्ठ्यारो परिरहेको बताउनुभयो ।
सुरक्षा परिषदमा उहाँले सरकारी तथा बिद्रोही दुवै पक्षले सहायता सामग्री ढुवानीमा अवरोध गर्ने गरेको बताउनुभयो । द्वन्द्वप्रभावित क्षेत्रका नागरिक अहिले पनि मानवीय सहायताको आशामा बसिरहेका छन् तर ती नागरिकसम्म पुग्न भने कठिन रहेको राष्ट्रसंघको भनाई छ ।
अहिले पनि सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा पाँच लाख ९२ हजार मानिस मानवीय संकटको अवस्थामा रहेको राष्ट्रसंघका उपमहासचिव ओब्रिएनले बताउनुभयो । अधिकांश मानिस सरकारी सेनाको घेराबन्दीमा रहेको राष्ट्रसंघले जनाएको छ । सिरियामा पाँच वर्षदेखि चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म दुई लाख ५० हजार भन्दा बढीको ज्यान गएको छ । दशौं लाख मानिस विस्थापित भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
Saturday, May 28, 2016
Subscribe to:
Post Comments (Atom)




0 comments:
Post a Comment