300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

मुस्ताङको जोमसोममा पहिलोपटक होमस्टे सुरु

मुस्ताङ जिल्लाको जोमसोमको ठिनी गाउँमा पहिलोपटक होमस्टे (घरबास) सुरु भएको छ । जिल्ला विकास समिति अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीयवासीको सक्रियतामा पहिलो चरणमा चार घरमा होमस्टे सेवा सुरु गरिएको हो ।

सदरमुकाम जोमसोमसँग जोडिएको ठिनी गाउँका स्थानीयवासीलाई एक्यापले होमस्टे सञ्चालनसम्बन्धी तालिम दिएपछि सो सेवा सुरु गरिएको हो । धार्मिकस्थल, फरक भू–बनोट, तिब्बती कला संस्कृतिको अध्ययन र अनुसन्धान तथा लोमान्थाङ भ्रमणका लागि यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउन होमस्टेले सहयोग पुर्‍याउने अपेक्षा राखिएको छ छ । गाउँ मुखिया आशबहादुर थकाली, ममिता थकाली, मनदेवी थकाली र बदी थकालीले सुरु गरेको होमस्टेमा काठमाडौँबाट १६ जना आन्तरिक पर्यटक पुगेको स्थानीयवासी नीरज थकालीले जानकारी दिए ।

“थकाली संस्कृतिको प्रारम्भ यही गाउँबाट भएको भन्ने इतिहास छ, सदरमुकाम नजिक हुँदा पर्यटकलाई होमस्टेमा ल्याउन समस्या छैन, । एक सय घरधुरी रहेको उक्त गाउँमा करिब २० घरले होमस्टे सञ्चालनको तयारी गरिरहेका छन । धुम्बाताल, ह्यारोजो भ्यूपोइन्ट, तिलिचो ताल जाने मुख्य मार्ग, उच्च स्थानमा अवस्थित भएकाले नीलगिरि र धवलागिरि हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले ठिनीगाउँमा अन्य समयमा पनि नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन । एक्यापका पर्यटन सहायक बेलबहादुर पुनले होमस्टेको विकासका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

0 comments:

Post a Comment