काठमाडौं २४ वैशाख:
कञ्चनपुरको महेन्द्रनगरमा रहेको होटल संगममा दुई मजदुरको हत्या भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन ।
महेन्द्रनगरको गल्ली नम्बर–४ मा रहेको होटल संगममा महेन्द्रनगरसँगै जोडिएको दैजी नगरपालिका–५ का ४५ वर्षीय कृष्ण विष्ट र बाजुराका २१ वर्षीय भीम रोकायाको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवैजना होटलकै मजदुर रहेको खुलेको उनले बताए । मृतक दुवैजनाको शरीरमा धारिलो हतियार प्रयोग भएको पाइएकाले हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
उनीहरुको गएराति नै हत्या गरिएको भएपनि शुक्रवार विहानमात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो । घाइते अवस्थामा फेला परेका दोधारा चादँनीका ४२ वर्षीय पदम जोशीलाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धानका लागि होटलका मालिक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मृतक रोकाया ६ महिना र विष्ट एक वर्षदेखि संगम होटलमा काम गर्दै आएका थिए ।
Friday, May 6, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment