300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

धोनीको टिम फेरि हार्‍यो, कोहलीले बैङ्ग्लोरलाई जिताए

२५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कप्तान विराट कोहलीको शतकको मदतमा रोयल च्यालेन्जर्स बैङ्ग्लोर महत्वपूर्ण जित हात पारेको छ । शनिबार भएको खेलमा बैङ्ग्लोरले एमएस धोनीको टिम राइजिङ पुणे सुपरजाइन्टसलाई ७ विकेटले पराजित गरेको हो । पुणेले प्रस्तुत गरेको १९२ रनको लक्ष्य बैङ्ग्लोरले अन्तिम ३ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान कोहलीले कप्तानी पारी खेले । बैङ्ग्लोरलाई अन्तिम २ ओभरमा २२ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम दुई बलमा कोहलीले छक्का हान्दै शतक मात्र पुरा गरेनन्, बैङ्ग्लोरको जित सुनिश्चित गरेका थिए । अन्तिम ओभरको पहिलो बलमा १ र दोस्रोमा २ रन लिएका कोहलीले तेस्रो बलमा चौका हान्दै जित सुनिश्चित गरे । कोहली १०८ रनमा अविजित रहे ।

५८ बलको सामना गरेका कोहलीले ८ चौका र ७ छक्का हाने । लोकेश राहुलले ३८ रन बनाए भने शेन वाट्सनले ३६ रनको योगदान दिए । यसअघि पहिले ब्याटिङ गरेको पुणेले अजिन्क्या रहाणेको ७४ रनको मदतमा २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाको थियो । शौरभ तिवारीले ५२ रन बनाए पनि अन्य बाट्सम्यान चल्न सकेनन् । जितपछि बैङ्ग्लोरको ८ खेलबाट ६ अंक भएको छ र पुछारबाट दोस्रो स्थानमा छ । पुणे एक स्थान माथि छ ।

0 comments:

Post a Comment