300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

‘बोक्सो’ भन्दै जिँउदै खाल्डोमा पुरेर मारियो;; भिडियो सहित>>

झन्डै एक बर्ष अगाडि नवलपरासीमा एक बालकलाई बली चढाइयो । यो समाचारले नेपाली समाजको चरित्रमाथि नै प्रश्न उठ्यो । एक बर्षपछि यस्तै सामाजिक कलंकको घटना सतहमा आएको छ । यो घटना हो, रसुवाको यार्सा गाविसस्थित घुर्मु गाँउको । जहाँ एक व्यक्तिलाई ‘बोक्सो’ को रुपमा आरोपित गरियो, र जिँउदै खाल्डोमा पुरेर मारियोे । यो घटना ०७३ बैशाख ४ मा भएको हो । तालीवानी शैलीमा भएको यो घटनाले फेरि एक पटक हाम्रो समाजको चरित्रमाथि गंभीर प्रश्न उठाइदिएको छ । 

यहीँ घटना भएको गाँउमा बैशाख २० मा पुगेका थिए पत्रकार रमेश जमकटेल । त्यहाँ पुगेर उनले जे देखे, त्यसको विवरण यहाँ उतारेका छन् । रसुवाको यार्सा गाविसस्थित घुर्मु गाँउ । काठमाडौँ र घुर्मु गाँउवीच झण्डै एक सय किलोमिटर पक्की बाटो २५ मिलोमिटर कच्चिबाटोको दुरी छ । यो भौतिक दुरी चेतानाको तहमा पनि देखियो । गाँउमा मुस्किलले १५ वटाजति घर छन् । त्यहीँपनि भुकम्पको कारण विस्थापित छन् धेरै ।

 त्यहीँ गाँउमा रहेका एक हुन् झाक्री तुलु सार्की थिङ । परिवारमा ४ छोरी, एक छोरा र श्रीमती सहित ७ सदस्य छन् । गाँउमा केही विरामी हँुदा जडिबुटीको औषधीमुलो गरी विरामी निको पारिदिने गरेका छन् तुलुले । सबैको प्रिय तुलु काका थिए । गाँउमा उनीप्रति विश्वास । नेपालीमा अक्सरमात्र प्रयोगहुने उखान छ, ‘बाघ हेर्न मनलागे विरालोको मुख हेर्नु’, ‘शत्रुको मुख हेर्न मन लागे दाजुभाईको मुख हेर्नु’ । हो यहीँ बिरत्तिलो उखान तुलुको जीवनमा लागु भयो ।  

आफ्नै भतिज केही समयदेखि विरामी परेर आछ्यानमा थलियो । घरेलु उपचारले काम गरेन । र अस्पताल लैजानुपर्ने भयो । अस्पतालमा समेत उपचार हुन नसकेपछि उनका भतिज साङवो तामाङ (अभियुक्त कान्छा शेर्पा थिङको दाई) को मृत्यु हुन पुग्यो । दाहसस्कारको निम्ति धेरै मानिस भेला भएका थिए । त्यही दिनदेखी शुरु भयो तुलुको मृत्यको दिनगन्ती । आफ्नै भतिज कान्छा शेर्पा थिङले काका ‘बोक्सो’ हो भन्दै भेला भएका गाउँलेलाई दाईको दाहसस्कार भन्दापनि काकाको बेइजति गर्नतर्फ लागे ।

 यतिसम्म अमानवीय व्यवहार गरेकी कान्छा शेर्पा लगायत अन्य उपस्थित गाँउले, जुत्ताको माला लगाउने, मृत मानिसको हड्डी खुवाउनेदेखी कमाल मुण्डन र कालोमोसो दल्नेसम्म काम भयो । कारण थियो अभियुक्त कान्छा शेर्पाको दाईको मृत्युको कारक तुलुको भेद हो भनेर । प्रहरी नायब निरीक्षक अवदेश विष्टको अनुसार अघिल्लो दिनसम्म गाँउमा जो कोही सानोतिनो बिरामी हुँदा गाँउमै उपलब्ध जडिबुटीमार्फत बिरामी निको पाने तुलुकाकाले भतिजो लगायत अन्यको कारण ‘बोक्सो’को बिल्ला भिर्नुपर्यो । उनले बोक्सोको बिल्लामात्र भिर्नुपरेन । गाँउबाट निकाला समेत भए । २०७२ साल चैत्र ५ गते गाँउलेको अपमान र तिरस्कार सहन नसकेर चीनको केरुङ नाकामा गएर कुल्ली काम गर्न थाले । करिब एक महिनापछि तुलुका भतिज कान्छा शेर्पाले केरुङ नै गएर गल्ती भएको बताएपछि उनी भतिजसँग नै गाँउ फर्किए । जुन दिन उनी गाँउ फर्किए, त्यही दिन भतिज पर्ने कान्छाले रात परेपछि रक्सी खुवाए । त्यसपछि फेरी सुरु भयो उहीँ अमानवीय व्यवहार । 

 दुर्ब्यबहार गर्दाको भिडियो तुलुलाई निर्मम कुटैदै पिट्दै घर् नजिक जंगल पु¥याइयो । पहिल्यै त्यहाँ खाडल खनिएको थियो । त्यही खाल्डोमा जबरजस्त बस्न लगाइयो । तुलुका छोरालाई सुकेका झारमा आगो बाली उनको मुखमा राख्न लगाइयो । तर, उनले मान्दैनन् र पछि कान्छा शेर्पा लगायत केही मिली उनको मुखमा आगो लगाई ढुङ्गाले किचेर त्यहीँ पुरिन्छ । हत्या गरी थिचिएको ढुङ्गा देख्दा सल्लाको रुख धेरै भएको जंगल । त्यही जंगलमा रहेको एक खाल्डो । खाल्डो नजिकै रहेको एक ढुङ्गा, जुन ढुङ्गा हेर्दा लाग्छ त्यो उठाउनपनि कम्तीमा पाँच जना वयस्क मानिसको बल पर्छ । प्रहरीले दिएको तश्बीरले मृतकको शरिर उत्खनन अघि त्यही ढुङ्गाले लाश थिचिएको देखिन्छ । अहिले त्यो ढुङ्गा त्यही खाल्डो नजिकै छ । र खाल्डो छेउमा जादा दुगन्ध त्यत्तिकै छ ।

 प्रहरीले लुकाएको रहस्य प्रहरीले केही दिनअघि तुलुको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई सार्वजनिक गरेको छ । तर, हामीले पाएको जानकारी चार जनालाई पक्राउ गरिएको छ र यो विषयमा सत्यता छ । तर, पनि प्रहरीले मुख खोलेको छैन । र अझ सार्वाजनिक भएको भिडियो र घटनाको प्रकृती हेर्दा लाग्छ घटनामा अन्यको पनि संलग्नता छ ।

 पातलो बस्ती अहिले सुनसान रसुवाको यार्सा गाविसस्थित घुर्मु गाँउमा मुस्किलले १५ घर देख्न सकिन्छ । तर त्यसमा पनि भुकम्पको कारण केहीघरमा मानिस विस्थापित भएर अन्यत्र गएका छन् । यस्तो अवस्थामा कालोमोसो, जुत्ताको माला लगाउने समयमा उपस्थित मानिसहरुको जमात भिडियोमा हेर्दा लाग्छ अन्य गाँउबाट पनि मानिस आएका थिए । अहिले तुलुको हत्या र हत्यामा संलग्नको कारबाहीको निम्ति प्रहरी सक्रियतासँग उक्त गाँउमा केही पाउन सकिदैन । कित पारी गाँउ आरुखर्कका स्थिानीयको वा भोर्ले गाविसको कोमोमा रहेको प्राथमिक विद्यालयको विद्यार्थीको आवाज मात्र सुनिन्थ्यो । हामीले सार्वजनिक गरेको भिडियोमा दुव्र्यवहारको भिडियो खिच्चे एन्ड्रोइड फोनपनि धेरै देख्न सकिन्छ । तर, अहिले ति भिडियो खिच्ने कहा गए ? गम्भीर प्रश्न खडा भएको छ । 

अनुसन्धानमा अनेकौ चुनौती कुनै व्यक्तिको हत्या हुनुलाईमात्र नेपालको संविधानले दण्डनीय भनेको होइन । ‘बोक्सो’ वा ‘बोक्सी’ को आरोपमा अमानविय व्यवहार गरिन्छ भने त्यो पनि दण्डनीय छ । त्यसैले हत्यामा को–को संलग्न थिए ? त्यो त एक अनुसन्धानको पाटो रहला । जुन दिन तुलुलाई ‘बोक्सो’को आरोपमा दुव्र्यवहार भयो, त्यो दिन उपस्थित मानिस तुलुलाई भएको दुव्र्यवहारको समर्थकजस्तो देखिन्थे । होइन भने, नगर भनेर छेक्ने कोही पनि देखिएन किन ?
 यदि ती उपस्थित सबै मौन समर्थनमा देखिनु तुलुलाई ‘बोक्सो’को आरोप दुव्र्यवहार गर्ने नै हुन् । तर, प्रहरीले त अहिले हत्यामा संलग्न आरोपमा तीन जना मात्र सार्वजनिक गरेको छ । भने दुव्र्यवहार गर्नेलाई कहिले कारबाहीको दायरामा ल्याउँछ प्रहरीले ? प्रश्न प्रहरीप्रति नै फर्किएको छ ।

 सुनसान वस्तिमा एक मान्छे बोक्सोको आरोपमा हत्या भएका तुलुको घरमा हामी पुग्दा तुलुको घर लगायत छेउछाउका सबै घरमा लाला लगाइएको थियो । तर, एक घरमा भने हामीले कुकरमा सिठि लागेको आवाज टाडैबाट सुनेका थियौँ । जब, हामी त्यहीँ घरमा पुग्यौँ, त्यहाँ पुग्दा ओदानमाथि कुकर थियो । तर, आगो भने निभाइएको थियो । लाग्यो कोही रहेनछ । तर, गाँउ नै खाली भएको देख्दा यहाँको मानिसपनि कतै त लुकेन अथवा आफैलाई कुकरमा सिठी लागेको भनी भ्रम पर्यो कि भनी आफैमाथि शंका लाग्यो । र गएर खरानी छाम्याँै । खरानी तातो थियो ।

 सगै गएका साथी मुकुन्दले आडमा रहेका पाखीमा बस्न खोजे । बस्नै लाग्दा उनी झस्किए कारण थियो त्यो पाखीमा त एक महिला लुकेर बसेकी रहिछन् । हेर्दा अधवैशै देखिने ति महिला यत्तिसम्म चलाख थिइन् कि अन्य व्यवहारिक विषयमा कुरा गरे फटाफट नेपाली बोल्थिन्, जब ‘बोक्सो’को विषयमा कुरा गर्न थालिन्थ्यो, तब उनी भन्थिन्, ‘तामाङ्ग भाषामात्र आउँछ, नेपाली जान्दिनँ, बुझ्दिनँ ।’ उनको यो बठ्याई हामीले स्पष्ट रुपमा बुझ्यौँ । उनी तसलुमाथि दुव्र्यवहार हुँदा कहिले आफु घासकाट्न गएको बताउँथिइन त कहिले आफ्नै घरको डिलमा बसेर हेरेको भन्थिन् । उनी घटनामा संलग्न थिइन् कि थिइनन् पछि प्रहरी अनुसन्धानले देखाउँला ।

 तर, अहिले हामी यत्ति अनुमान गर्न सक्छौँ कि यो बस्तीलाई नै प्रहरीले क्रसित बनाएको छ । अपराध छोप्नको निम्ति घुर्मुको वस्ती उजाडिएको छ । यहाँका मानिस झुटो बोलिरहेका छन् । बोक्सोको आरोपमा जिउंदै खाल्डोमा पुरिएका तुलुका पाँच सन्तान छन् । मृतकका सन्तान समेत गाउँलेबाट असुरक्षित छन् । मृतकका छोरीहरुलाई प्रहरीले आश्रय दिईरहेको छ । अनि एक छोरा र एक छोरी भने तुलुकी श्रीमतीसँगै गाउँ छोडेका छन् ।
 यहाँ कुनै दलका नेता कार्यकता मारिएको भए । सडकमा आगो वल्थो होला । सडक अवरुद्ध हुन्थो होला । सायद संसद नै अवरुद्ध हुन्थो होला । यहाँ गुण्डा–डन मारिदा यस्तै भएको छ । सांसदहरु रुँदै–रुँदै मानवअधिकार आयोग पुगेको दृष्टान्त हामीसँग ताजै छ । यो विषयमा न गृहमन्त्रालय वोलेको छ, नत कुनै दलका नेता नै । तर, विडम्बना यो गरिबीको पीडामा कसैको आखाँ पुग्न सकेको छैन् ।\

 डलर पचाउने एनजिओ–आइएनजिओ पनि त्यहाँ खै पुगेका छैनन् । सायद त्यहाँवाट उनीहरुलाई राम्रो आम्दानी हुँदैन् होला । यो त, एउटा नेपाली समाजले झेल्दै आएको काहालीलाग्दो दृष्टान्त हो । हाम्रो समाज यो भन्दा पनि चरम अन्धविश्वासमा छ । तुलु सार्की थिङ माथिकोे यो तालीवानी शैलीको सजाय सुन्दै घृणा लाग्छ । एक्काईशौ शताव्दीको यो नेपाली समाजले भोगिरहेको अत्यासलाग्दो यथार्थ ।


0 comments:

Post a Comment