300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

खाने तेल र तरकारीको मूल्य आकासियो,मूल्यवृद्धिले उपभोक्ताको ढाड सेक्दै

काठमाडौँमा फेरि खाने तेल र तरकारीको मुल्य आकासिएको छ । कालिमाटी तेल र तरकारीको मूल्य वृद्धिले निम्न वर्गीय परिवार मर्कामा परेका छन् । अत्याधिक मूल्य बृद्धिका कारण सर्वसाधारणमा साँझ बिहान तरकारीको प्रयोग गर्न नसकिने बताउँछन् ।

 यिनी, सुनिता लुइटेल, काठमाडौँको गोठाटार निवासी । तरकारी मुल्य बढेकोले केही सस्तो पाइन्छ भन्ने विश्वासले तरकारी किन्न कालीमाटी तरकारी बजार आएकी हुन् । उनले मुल्य बृद्धिको कारण बिहान बेलुका छाक टार्न निकैै गाहे भएको बताइन् । काठमाण्डौंको कालीमाटीमा रहेको तरकारी बजारमा दिनहुँ तरकारी किन्नेहरुको घुइचो लाग्ने गर्दछ । अरु ठाउँमा भन्दा यहाँ हरेक तरकारीको मुल्य सस्तो पाइने आम विश्वास छ ।सुनिता लुइटेल जस्ता धेरै गृहिणीहरु यहाँ तरकारी किन्न आउने गर्दछन् ।

तर, कालीमाटी बजारमा पनि तरकारीको मूल्य छुन नसकिने गरी अकाशिएको उनीहरुको गुनासो छ । तरकारीको बढ्दो मूल्यले निम्न वर्गीय परिवारकाको दैनिकी प्रभावित भएको सर्वसाधारण र व्यापारीहरु बताउँछन् । एक वर्षको मूल्य केलाउँदा चामल, दाल, तेल र तरकारीजस्ता दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वातै बढनुका पछाडी स्थानीय अन्न उत्पादनमा ह्रास आउनु, भारतीय नाकाबन्दीले ढुवानी लागत बढ्नु र नेपाली बजार भारतमा निर्भर हुनु नै प्रमुख कारण हुन् । मूल्य वृद्धिलाई रोकेर आम नागरिकको दैनिकी सहज बनाउनु राज्यको दायित्व हो ।

0 comments:

Post a Comment