300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 5, 2016

Tagged under:

ठेक्का दर्ता गर्न गएका माथि खुकुरी प्रहार

बिहीबार, २३ वैशाख गोरखा ।
मिरकोटको पालुङगैरे सामुदायिक वनमा ठेक्का दर्ता गर्न गएका तनहुँ, शुक्लागण्डकी नगरपालिकाका जङ्गबहादुर तामाङमाथि खुकुरी प्रहार भएको छ । दाउरा तथा गोलाइ काठ खरिदका लागि टेन्डर दर्ता गर्न गएका तामाङमाथि जङ्गलमा लुकेर बसेका गोरखाको थालाजुङ क्षेत्रका ठेकेदारले बुधबार आक्रमण गरेका हुन् ।

gayako प्रहरी चौकी, मिरकोट, रातमाटेका असई एकवीर मल्लका अनुसार थालाजुङ्गका ठेकेदार कलबहादुर गुरुङको निर्देशनमा डिलमान गुरुङले तामाङमाथि खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । तामाङसँगै टेन्डर फर्म दर्ता गर्न गएका खोप्लाङ गाविसका लीलाबहादुर तामाङलाई पनि सोही समूहले बाटो छेक्दै टेन्डर दर्ता गर्न नदिएको हो । काठ लिलाम बिक्रीका लागि सहमति भई टेन्डर आह्वान दाखिला गर्ने नियमअनुसार टेन्डर दाखिला गर्ने समय बुधबार दिउँसो १ बजेसम्म थियो ।

 अन्तिम दिनमा फर्म दर्ता गर्न गएका उनीहरुमाथि साङ्घातिक हमला भएको हो । जङ्गबहादुरको टाउको र दाहिने हातको कुहिनोमा चोट लागेको छ । उनको पालुङटारको अस्पतालमा उपचार भइरहेको छ । पालुङगैरा सामुदायिक वनका अध्यक्ष मेघराज विष्टले घटनाबारे जानकारी नभएको बताए । ‘खुकुरी हानेको, बाटो छेकेको भन्ने हामीलाई केही थाहा छैन’ उनले भने‘प्रहरीसँग बुझेपछि थाहा पाइयो ।’

 जिल्ला वन अधिकृत जीवनाथ पौडेलले टेन्डर फर्म दर्ता गर्नेक्रममा युवाबीच झगडा भएको भन्ने जानकारी आएपनि लिखित उजुरी नआएको बताए । सो क्षेत्रमा काठको अवैध कारोबार हुने गरेको स्थानीयवासीको दाबी छ । घाइते तामाङले भने दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय, ठाँटीपोखरीमा जाहेरी दिएका छन ।

0 comments:

Post a Comment