300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 28, 2016

Tagged under:

महिलाको कुन अंगमा हुने कोठीले के संकेत गर्छ ?

शास्त्रमा भनेको छ कि हाम्रो शरीरमा रहेका विभिन्न चिन्हको अर्थ हुन्छ । शरीरमा हुने चिन्हलाई कोठी पनि भनिन्छ । हरेक ब्यक्तिको शरीरको कुनै न कुनै भागमा कोठी हुन्छ । अधिकाँशको जन्मिदा नै यस्तो कोठी हुन्छ । कसैको गालामा हुन्छ त कसैको शरीरमा हुन्छ । यस्ता चिन्हले हाम्रो भविष्य र चरित्र पनि बताउने शास्त्रमा
उल्लेख छ । महिलाको शरीरमा हुने कोठीको अर्थबारे यहाँ चर्चा गरिएको छ ।

 गालामा हुने कोठी गालाको दायाँ भागमा हुने कोठीलाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबाट बचाउने विश्वास गरिन्छ ।
बाया तिरको कोठी भने अशुभ हुन सक्ने ठानिन्छ । निधारमा कोठी निधारमा कोठी हुनेलाई टेन्सन हुने मानिन्छ । निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ ।
तर दायाँ भागमा कोठी भएमा भने यसले सुख र खुशी दिने मानिन्छ । आँखी भौंमा कोठी आँखी भौंको बिचमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।

 ओंठमा हुने कोठी ओंठमा हुने कोठी कामुकताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला कामुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत मानिन्छ । नाकमा कोठी नाकमा कोठी हुने महिला झगडालु हुन्छन् । यसले साना साना विषयमा पनि असझमदारी उत्पन्न हुने संकेत गर्छ । यद्यपी नाकमा कङ्कोठी हुने महिला मेहनती हुन्छन् । नाकको दायाँ कोठी भएमा भने यस्ता महिला शान्त र सुशील मानिन्छन् । चिउँडोमा कोठी महिलाको चिउँडोमा हुने कोठीले पैसा धेरै हुने संकेत गर्छ ।

 यहाँ कोठी हुने महिला धनी हुन्छन् । यस्ता महिलालाई पैसाको कुनै कमी हुँदैन । तिग्रामा हुने कोठी कुनै पनि महिलाको तिग्रा वा गुप्ताङ्ग नजिक कोठी छ भने उनीहरु विपरित लिङ्गीलाई धेरै आकर्षित हुने गर्छन् । नाइटोमा हुने कोठी महिलाको नाइटोमा कोठी हुनु शुभ मानिन्छ ।

यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ । तर पेटमा हुने कोठीमा भने अशुभ मानिन्छ । पिठ्यूमा कोठी कुनै पनि महिलाको पिठ्यूमा कोठी छ भने त्यस्ता महिला रोमान्टिक हुन्छन् । यस्ता महिला पैसा कमाउने र खर्च गर्ने समेत हुन्छन् । छातीमा कोठी महिलाको छातीमा कोठी छ भने त्यस्ता महिला प्रशन्न रहने स्वभावका हुन्छन् । उनीहरुलाई विभिन्न परिकार भोजन गर्न मन पर्छ ।

0 comments:

Post a Comment