300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

यसरी भयो फेसबुकमा प्रेम प्रस्तावको ओइरो

अश्मी श्रेष्ठ, मिस नेपाल २०१६

 कक्षा १ मा फस्ट भएपछि अश्मी श्रेष्ठलाई आमाबाबुले साइकल उपहार दिएका थिए । त्यस बेला उनले जीवनमा पहिलोपटक सफल हुँदाको खुसी अनुभूति गर्न पाइनन् । साइकल उपहार पाउँदा उनी जति खुसी भएकी थिइन्, त्यसको डेढ दस वर्षपछि मिस नेपाल २०१६ को उपाधि चुमेर उनले जीवनमा फेरि त्यस्तै खुसीको अनुभूति सँगाल्ने मौका पाइन्। तर यो खुसी केही दिन, महिना वा वर्षको मेहनत र लगनबाट सम्भव भएको होइन । ‘

लामो समयको मेहनत, धैर्य र लगनशीलताले मेरो यो सपना पूरा भएको हो’, अश्मी भन्छिन्, ‘म कुनै लहडमा होइन; वर्षौंदेखिको योजना, चाहना र लक्ष्यका साथ मिस नेपालमा सहभागी भएकी थिएँ ।’ मोडलिङ क्षेत्रका बारेमा रहेका नकारात्मक सोचलाई गलत साबित गर्ने, यो क्षेत्र ब्युटी विथ ब्रेनको उपज भएको पुष्टि गर्ने अश्मीको चाहना छ । आमाबाबुले दिएको साइकल उपहारले उनलाई पढाइमा सधैं पहिलो हुन प्रेरित गरिरह्यो । कक्षा ८ सम्म चितवनमा पढेकी अश्मी एक पटकमात्रै दोस्रो भइन् ।

कक्षा ९ देखि बीबीएसम्म राजधानीमा अध्ययन गरेकी उनी पढाइमा अब्बल साबित भइन् । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि दखल राख्ने उनले मिस नेपालमा सहभागी हुनुभन्दा अगाडि मोडेलका रूपमा आफ्नो पहिचान बनाइसकेकी थिइन् । ‘फेस अफ क्लासिक डाइमन्ड २०१४’ को शीर्ष उपाधि विजेता अश्मीले ती अवसरलाई मिस नेपालको तयारीका रूपमा प्रयोग गरिन्। ‘म योजनाबद्ध रूपमा नभई संयोगले मोडेल बनेकी हुँ, उनी भन्छिन्, ‘मिस नेपालका लागि अनुभव हुन्छ भन्ने लागेर प्राप्त अवसर प्रयोग गर्दै अगाडि बढेँ । मेरो मेहनत र लगनशीलताले यहाँसम्म ल्याइपुर्‍याएको हो ।’ मोडलिङ क्षेत्रका बारेमा रहेका नकारात्मक सोचलाई गलत साबित गर्ने उनको धेय छ । त्यसका लागि मोडलिङलाई निरन्तरता दिने, यस क्षेत्रमा लागेकालाई प्रेरणा दिने र यो क्षेत्र ब्युटी विथ ब्रेनको उपज भएको पुष्टि गर्ने अश्मीको चाहना छ ।

 म अभिनय गर्न जान्दिनँ । त्यस क्षेत्रमा मेरो रुचि पनि छैन । मिस नेपालको ताज चुम्नुभन्दा अगाडिदेखि नै चलचित्रबाट प्रस्ताव आए पनि मैले अस्वीकार गरेकी छु । नेटबलको विकासमा कुनै न कुनै रूपमा सहयोग गर्ने सोच बनाएकी अश्मी नेटबलकी राष्ट्रिय खेलाडी पनि हुन् । सन् २०१२ मा श्रीलंकामा भएको आठौं एसियन नेटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै उनी नेपाल राष्ट्रिय टोलीमा सहभागी भएकी थिइन् । मिस वल्र्डको तयारीमा जुटेकी उनी अहिले करिअरमा केन्द्रित छिन् । प्रेम र विवाह उनको प्राथमिकतामा छैन । ‘फेसबुकमार्फत प्रेम प्रस्ताव राख्ने धेरै छन् तर म याद गर्दिनँ ।

 कतिपयका साहित्यिक शैली देख्दा हाँस पनि उठ्छ’, अश्मी भन्छिन्, ‘प्रेम, विवाह अहिले मेरो प्राथमिकतामा छैन । घरपरिवारमा पनि मैले ८, १० वर्ष मेरो विवाहका बारेमा कुरै नगर्नु भनेर स्पष्ट पारिदिएकी छु ।’ मिस नेपालको ताज चुम्नुभन्दा अगाडिदेखि नै चलचित्रबाट प्रस्ताव आए पनि अस्वीकार गरेको उनको भनाइ छ । ‘म अभिनय गर्न जान्दिनँ ।

त्यस क्षेत्रमा मेरो रुचि पनि छैन’, उनी स्पष्ट पार्छिन् । फुर्सदमा गीतसंगीत सुन्न, युट्युबमा प्रेरणादायी भिडियो हेर्न मन पराउने उनको भविष्यमा बिजनेस इन्टरप्रेनर बन्ने लक्ष्य छ ।

0 comments:

Post a Comment