300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

खलनायकहरुले नमान्ने नायक हुन् केपी ओली

 लेखक विवेक त्रिपाठी...

 यो लेखिरहँदासम्म देशको राजनीतीक घटनाक्रमा ठूलै हलचल आउने जस्तो संकेत देखिरहेको छु । हुन त के ठूलो हलचल भन्ने यस्ता हर्कत र विपरीत तथा आश्र्चयजन समिकरणहरु रातारात हुने गरेकै हुन् । गत वर्षको सुरुवात भूकम्पको झड्कासँगै सुरुवात भयो । जसले नेपाली राजनीति र जननेतालाई एक ठाउँमा त ल्यायो संविधान त बन्यो तर भूकम्पले भत्केका संरचना जस्तै लथालिङ्ग भताभुङ्ग जस्तै बनेर आयो ।

 मधेश आन्दोलन जसले नेपाली अर्थ तन्त्र लगायत जनताको घरमा चुलो बाल्न समेत रोक्यो । प्रमुख नाकाहरुमा धर्नाका कारण मालवाहाक सामाग्रीको आवजजावत ठप्प प्राय जस्तै भयो । भूकम्पको पीडा अनि नाकाबन्दीको पिडै पिडा असहजता पवच सहज जीवनयापन गरेका नेपालीको सायद राष्ट्र र राष्ट्रियताको पक्षमा चटानी अडान धैर्यता आत्म स्वाभिमानले ठूलै काम गरेकै हो, यहि बीचमा नेपालको कार्यकारी प्रमुखको रुपमा उदय नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओली अर्थात् केपी शर्मा ओली उनी प्रधानमन्त्री हुँदा देखिनै भूकम्पको पुनर्निर्माण मधेश आन्दोलन संविधान कार्यन्वयन र समवृद नेपाल निमार्ण गर्ने जिम्मेवारी मुलतः रुपमा उनको नेतृत्वमा रहेको सरकारले पाएको महत्वपुर्ण जिम्मेवारी हुन् ।

 लेखक नेपाली परिवेश जस्तै फरक राजनीतिक विचारको बोकेका तर एउटै सरकारले नेतृत्व लिएका केपी ओली राष्ट्रियताको पक्षमा जताततै वाह वाही पाइरहे । भारतको चर्को आलोचना र असहयोगकाबीच पनि महत्वकाक्षी सपना देख्न छाडेनन् जसले व्याङग्य त सहनु पर्यो होला तर हितकार कुरा थिए । जसले सम्वृद्ध नेपाल निर्माण गर्न सक्छ जुन सपनाकै कारण उनको रातमा निदहराम भयजस्तै देखिन्छ, त्यसअर्थ भावनात्कम रुप वेतीत कुरा हुन् या त योजनाकै साथ मैदानमा उत्रने हुन् त्यो हेर्न वाकीनै छ ? सरकार जेठ १५ भित्र नीति तथा कार्यक्रम बजेट विनियोजनको तयारीमा रहेको छ । उनले मुख्य रुपमा प्रधानमन्त्री पदका पथभार समालेका बेला भनेका थिए यो देश एक वर्षभित्र तुइन मुतm बनाउने घोषणा गरे । आफ्ना युवा अवस्था देखिनै राजनीतिक सुरुवात गर्दा देखिनै भोगेका र देखेका गर्नुपर्ने कामहरु उनले एक एक भन्दै आइरहेका छन् । उनले विभिन्न फोरमहरुमा पनी पटक पटक भन्दै आइरहेका छन् पटक पटक सम्झदै आइरहेका छन् ।

आफूले भनेका र प्रतिवदता कुराहरु त्यसैले हामीले सहजै वुझन सक्छौ ओलीले प्रतिवदता पुरा गर्छन् जरुर गर्छन् तर काम गर्न मेसो चाहिएको जस्तो लाग्दैछ । एक वर्षभित्र नेपाललाई लोसेडिङ्ग मुक्त बनाउने भनेर विभन्नि फोरमा भनेपछि सामाजिक संजालमा आलोचनाका पात्र पनि वने । तर, त्यो आलोचना व्यर्थै लाग्छ मलाई किनकी ८३ हजार मेघावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता भएको देशमा जावो लोडसेडिङ्ग अन्त्य गर्छु भन्नु कुनै नौलो र ओलोचना गर्नुपर्ने कुरा हो जस्तो लाग्दै छ । ए बा बा विद्युत्को खेती गर्न पुग्छ हाम्रो देशमा हाली बुझ्न मानिसले रचनात्मक सहयोग गरौ ।

 जरुर त्यो पुरा हुन्छ महाकवी लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । त्यसै केपी ओलीको उद्देश्य हो लोडसेडिङ्ग मुक्त बनाउने आखिर हुनै नसक्ने कुरा त है न नी अनि थोमस अल्वाअडीसनलाई पानीबाट बत्ति बल्छ उज्यालो हुन्छ भन्दा मुर्ख बनाए जस्तै केपी ओलीले जाबो लोडसेडिङ्ग मुक्त बनाउने कुरा गर्दा उनलाई मुर्ख बनाइनु खलनायिकत्व हाभी भयो । हामी बसेर आलोचना गर्छौ मैदानमा खटेर काम गर्ने हो भने जरुर सम्भव छ । त्यो सम्भावना बोकेका आधारमा शिखर बनाइनु हामी नेपालीको मुर्खता र फेरि अर्को दुभाग्र्य हो । यस्तै तवरले जाने हो भने समृद्ध नेपाल त के नेपाल र नेपालीको अस्तित्व नै संकटमा पर्न सक्छ । आखिर विरोध गदै जाने हो भने स्थिर सरकार कहिले बन्छ ? अनी विकास कहिले हुन्छ सोच्नुपर्ने छ ।

 यति बेला सरकार परिवर्तनका विषयमा चर्को बहस चलिहेको छ प्रमुख सत्ता साझेदार दल एकीकृत नेकपा मोओवादीले सत्ताबाट हात झिक्ने र केपी ओलीको सरकारलाई सत्ताच्युत गरी प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति देउवाले माओवादी प्रस्तावलाई स्वीकार गरे भने नेकपा मोओवादीको नेतृत्वमा सरकार गठन हुने प्रक्रिया सुरु हुनेछ । फेरि एवम् रितले यस्तो हुँदै जाने हो भने स्थिर सरकार कहिल्यै नबन्ने देखिन्छ । सत्ता पल्टाउने उल्टाउने पल्टाउने वाहेक अरु नहुने देखिन्छ । राष्ट्रिय र राष्ट्रियता सबै भन्दा ठुलो कुरा हो । भारतीय हस्तक्षेप हुने गरेको कुरा धेरै धरीका मुखार विन्दुवाट सुनिन्छ पनि । सरकार परिर्वतनको चर्चाको सुइको पनि दक्षिणपथबाटै आयो भन्ने अरु पनि हुन् खयर जे होस् राष्ट्र रहेन हामी नेपाली रहने छौ ।

 त्यसकारण केपी ओलीको नेतृत्वको गठित सरकार जसले देखेका सपना पुरा गर्ने देउ केही हुन सक्छ । यो सम्भावना बोकेको बेला हो त्यसैलै भरपुर सदुपयोग गर्नु जरुरी छ । त्यसैले मलाई पनि यो सपना देख्ने निदाउने रमाउने भन्दा सपना देख्ने पुरा गर्ने राष्ट्रिय र राष्ट्रिताको वकालत गर्ने प्रवृति भएका केपी शर्मा ओलीलाई नायक र उनको नायकित्वको चलचित्रमा हिरो झै फ्यान भए जस्तै नेपाली राजनीतिमा राष्ट्रिय र राष्ट्रियताको समृद्ध र दिगो विकासको सपना देखेका ओलीको यो सपना देख्ने र पुरा गर्ने कामको हौसला स्वरुप खलनायकत्वलाई अस्वीकार गर्ने नायकत्वलाई स्लुट गर्ने चाहन्छु । त्यसै खलनायकले नमान्ने नायक हुन् केपी ओली र अन्तमा नेपाल र नेपालीको सदैव लाग्ने प्रेरणा मिलोस् शुभकामना ।

0 comments:

Post a Comment