300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

प्रियंका चोपडाले विवाह नर्गनुको कारण यस्तो

वैशाख ३० – बलिउड अभिनेत्री प्रियंका चोपडालाई बारम्बार सोधिने प्रश्न हो ‘विवाह कहिले गर्नु हुन्छ ?’

 बलिउड तथा हलिउडमा आफ्नो कामले दर्शकको मन जितेकी प्रियंकाका प्रशंसक उनको विवाह कहिले हुन्छ भन्ने जान्न चाहन्छन् ।प्रियंकाले यो प्रश्नको अहिलेसम्म कुनै जवाफ दिएकी छैनन् ।

 तर उनकी आमाले यो प्रश्नको लगभग प्रष्ट जवाफ दिएकी छन् । प्रियंकाकी आमा मधु चोपडाले एक कार्यक्रममा भनिन् ‘प्रियंकाले समय मिल्ने बित्तिकै विवाह गर्ने छ ।’ विवाह गर्ने उमेर भएकाले अब प्रियंकाले विवाह गर्नु पर्ने आमा मधुले बताइन् । प्रियंकाले कहिल्यै पनि विवाह गर्दिनन् भन्ने कुरा सत्य नरहेको उनको भनाई छ ।

प्रियंकाकी आमा मधुले भनिन् ‘अहिले धेरैको वैवाहिक सम्बन्ध टुटेको देखेकी छु, मानिससँग एक अर्काका लागि दिने समय नहुँदा सम्बन्ध कमजोर बन्दै गएको छ ।’ प्रियंकाले यस्तो नर्गने आमा मधुको भनाई छ । आफ्नो सम्बन्धलाई बलियो बनाउन दिने पर्याप्त समय भएपछि प्रियंकाले विवाह गर्ने उनको भनाई छ । प्रियंकाले हरेक कामका लागि आफ्नो सतप्रतिशत प्रयास गर्ने भएकाले सम्बन्धका लागि दिन भरपुर समय भएपछि मात्रै विवाह गर्ने आमा मधुले स्पष्ट पारिन् ।

0 comments:

Post a Comment