काठमाडौं, वैशाख ३० – सामाजिक सञ्जालमा फिल्मका कलाकारको डायलग राखेर जोक्स बनाउने अथवा ट्रोल गर्ने, युवापुस्तामाझ चल्तीमा छ ।
आफूलाई मन परेका कलाकारका विभिन्न पात्रका तस्बिरमा जोक्स लेखी शेयर गरी उनीहरु रमाइलो गर्छन् । हामीले सामाजिक सञ्जालमा बढी ट्रोल भएका केही कलाकारका बारे यो सामग्री तयार पारेका छौँ ।
हरिवंश आचार्य
हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले नेपाली हास्यव्यङ्ग्यमा बनाएको छवि सम्माननीय छ । सन्देशमुलक हास्यव्यङ्ग्य प्रस्तुतिबाट केटाकेटीदेखि
बृद्धबृद्धासम्मको मन जितेका उनीहरु सामाजिक सञ्जालमा पनि अति रुचाईएका छन् । उनीहरुमध्ये हरिवंश आचार्य पर्दामा बदमास पात्रका रुपमा प्रस्तुत हुने हुनाले उनका नाममा धेरै जोक्सहरु बनेका छन् । उनका ठट्यौली तस्बिरहरुसँगै जोक्सहरु चर्चित छन् । उनी रमाइला प्रसँगदेखि गम्भीर परिस्थतिका बिषयमा ट्रोल हुने गरेका छन् ।
राजेश हमाल
राजेश दाइ जोक्स फेसबुकमा निक्कै चर्चित छ । उनले बोलेको यो हात दुश्मनका लागि फलाम... भन्ने डायलग एकदमै हिट छ ।
यही डायलगलाई लिएर उनी सबैभन्दा बढी ट्रोल हुन्छन् । राजेश हमालले केही अन्तर्वार्ताहरुमा आफू पनि आफ्ना नाममा बनेका जोक्सहरु पढ्ने गरेको बताएका छन् । उनी आफै पनि जोक्स भन्न रुचाउँछन् । उनको फिल्मी डायलग, वैवाहिक विषय तथा प्रेमसम्बन्धलाई लिएर बढी ट्रोल भएका देखिन्छन् ।
यही डायलगलाई लिएर उनी सबैभन्दा बढी ट्रोल हुन्छन् । राजेश हमालले केही अन्तर्वार्ताहरुमा आफू पनि आफ्ना नाममा बनेका जोक्सहरु पढ्ने गरेको बताएका छन् । उनी आफै पनि जोक्स भन्न रुचाउँछन् । उनको फिल्मी डायलग, वैवाहिक विषय तथा प्रेमसम्बन्धलाई लिएर बढी ट्रोल भएका देखिन्छन् ।दयाहाङ राई
कबड्डी चलचित्रले जति चर्चा पायो त्यो भन्दा बढी चर्चा दयाहाङले बोलेको डायलगले पायो । मनपरेको जुत्ता पो जुत्ता त नत्र खाली खुट्टा नै ठीक छ भन्ने डायलगले बजार पिट्यो ।
उनको यही डायलगलाई लिएर जोक्स बनाईएका छन् । मन परेको केटी पो केटी नत्र सबै चेलीबेटी, यो पनि दयाकै नाममा बनेको जोक्स हो । कबड्डीको काजीको पात्रका तस्बिर र उनले फिल्ममा बोलेका डायलगहरु सामाजिक सञ्जालमा चर्चित छन् ।
केदार घिमिरे (माग्ने बुढा)
हास्य कलाकार केदार घिमिरेले टेलिसिरियल मेरी बास्सैबाट माग्ने बुढाको रुपमा चर्चा पाए । अर्का कमेडी कलाकार धुर्मससँग सहकार्य गरेर मेरी बास्सैको लेखन, निर्देशन र निर्माण गरेका माग्ने सहयात्राको केहि बर्षपछि धुर्मससँग अलग भए ।
मेरी बास्सैबाट अलग भएका उनी अहिले सिरियल खास खुसमा देखा परिरहेका छन् । तर उनको माग्नेको रुप सामाजिक सञ्जाहरुमा अझै छ्यापछ्याप्ती छ । बिशेष गरि उनी मेरी बास्सैमा काम गर्नेताका निकै चर्चामा थिए । उनका फ्यानहरुले उनका तस्बिरहरुलाई विभिन्न तरिकाले सामाजिक सञ्जालहरुमा कमेडी रुपमा प्रस्तुत गर्ने गरेका थिए ।
सीताराम कट्टेल र कुञ्जना घिमीरे
अहिले सामाजिक काममा ब्यस्त रहेका सिताराम र कुञ्जना मेरी बास्सैबाट चर्चामा आएका हुन् । मेरी बास्सैमा, उनीहरुको धुर्मुस र
सुन्तलीको भेष दर्शकलाई निक्कै घत पर्यो । उनीहरुका प्रशंसकहरुले बिभिन्न विषयमा उनीहरुलाई ट्रोल गरिरहेका हुून्छन् । विशेष गरी धुर्मुसका नाममा धेरै चुट्किलाहरु बनेका छन् । एकताका धुर्मसको कट्टु पनि हिट भएको थियो ।
संदीप क्षेत्री
कान्तिपुर टेलिसिभजनबाट प्रसारण हुने ह्वाट्स द फ्लपका सञ्चालक हुन् संदिप क्षेत्री । उनी त्यस कार्यक्रममा विभिन्न शैली र पात्रमा प्रस्तुति दिन्छन् ।
अहिले मिठाईलाल पात्र चर्चामा छ । संदीपका बिभिन्न पात्र र शैली सामाजिक संजालमा ट्रोल भईरहेका छन् । त्यसमा पनि अहिले मिठाईलाल पात्र बढी ट्रोल भईरहेको छ ।
विल्सन ब्रिकम राई
तक्मे बुढाको नामले परिचित विल्सन बिक्रम राई फेसबुकमा बढी ट्रोल हुन्छन् । लाखे हौ ....नाईन्टिन फाउन्टिन भन्ने उनको थेगो सबैभन्दा बढी ट्रोल भएको छ ।
यस्तै कमेडी पनि दर्शकले खुबै मन पराए । अहिले उनले गाएको सेन्तेरेम गीतलाई लिएर पनि उनका नाममा जोक्सहरु बनिरहेका छन् ।
बुद्धि तामाङ
- forseenetwork र उज्यालाेकाे सहकार्य
सम्बन्धित सामग्रीहरु
- लग्जरी दर्शनमा वैचारिक अन्तरद्वन्द्व
टंक ढकाल/उज्यालो । काठमाडौं, जेठ १ – ‘हराभरा हुने वसन्तका दिन सम्झेर, कोही बटुवाको प्रतिक्षामा आँखा टोलाउँदै छ । स्वार्थी यो दुनियासँग यो बुढो रुख, आफ्नो अबोध सुन्दरता मागिरहेछ ।
- सोनाक्षी र मलाइका टुँडिखेलमा नाच्दै
काठमाडौं, जेठ १ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका अरोरा खानले शनिबार काडमाडौंको टुँडिखेलमा आफ्नो प्रस्तुति देखाउँदैछन् । सोनाक्षी र मलाइकाले दिउँसो टुँडिखेलमा हुने अमरपक्षी नामको कन्सर्टमा नेपाली दर्शकलाई आफ्नो प्रस्तुतिद्वारा मनोरञ्जन प्रदान गर्न लागेका हुन् ।
- बलिउड नायिका सोनाक्षी र मलाइका काठमाडौंमा
काठमाडौं, वैशाख ३१– बलिउड नायिका सोनाक्षी सिन्हा र बलिउड आइटम गर्ल मलाइका अरोरा खान काठमाडौं आइपुगेका छन् । शनिबार हुने एक कार्यक्रममा भाग लिन उनहरु शुक्रबार काठमाडौं आइपुगेका हुन् ।
- नायिका गरिमा पन्तले कसिन लगनगाँठो
काठमाडौं, वैशाख ३१ – नायिका गरिमा पन्तले लगनगाँठो कसेकी छिन् । उनले गैर आवसीय नेपाली हरि शर्मा थपलियासँग विवाह गरेको घोषणा फेसबुकमार्फत गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस