300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

हँसियाले हान्दा २ प्रहरी घाइते

डडेल्धुरा, जेठ १ – डडेल्धुरामा प्रहरीमाथि हँसिया प्रहार भएको छ । डडेलधुराको अमरगढी नगरपालिका ५ जिलोडाका ४० वर्षे धनी टमटाले दुई जना प्रहरीमाथि हँसिया प्रहार गरेका हुन् । बाटोमा हिँड्दै गरेका खेम पाठकलाई अनाहकमा आक्रमण गर्ने प्रयास गरेपछि बचाउन गएका दुई जना प्रहरीलाई टमटाले हँसियाले हानेका हुन् । 
हँसिया प्रहारबाट घाइते भएका प्रहरी जवान पदम बहादुर बोगटीलाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले उपचारका लागि धनगढी रिफर गरेको छ । उहाँको दाहिने हातमा ठूलो चोट लागेको प्रहरी नायव निरीक्षक करवीर सिंह ऐरले जानकारी दिनुभयो । टमटाको हँसिया प्रहारबाट प्रहरी हवल्दार जगदीश पन्त भने सामान्य घाइते हुनु भएको छ । 

0 comments:

Post a Comment