300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

बाबुरामको व्यङ्ग्य- मिल्ने भए अहिले ६ जना प्रधानमन्त्री बनाउँथे

चितवन : नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक समीकरणले देश देश विकास हुन नसक्ने बताउँदै अहिले नै सरकारमा ६ जना उपप्रधानमन्त्री छन्, यदि मिल्ने भए अहिले नै ६ जना प्रधानमन्त्री बनाउने सोच देखिएको बताए।

 ‘व्यवस्थापिका संसदमा कुनै पनि पार्टीको बहुमत छैन,’ नयाँ शक्ति चितवनले शनिबार भरतपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले देखेकै छौं, सबैले सत्तामा जानको लागि मरिहत्ते गरिहेका छन्।’

 यस्तो अवस्थामा राजनीतिक स्थिरता पनि नहुने र देश विकास पनि नहुने धारणा उनको थियो। पुरानै मान्छेहरु सत्ताको लोभमा कुर्सीको लुछाचुँडी गरेर बस्ने तर मुलुकको समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिले मुलुक पछाडि परिरहेको उनले बताए। ‘संविधानमा देखिएको असन्तुष्टि हल गर्न तत्काल मधेसको जायज मुद्दाहरु सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘निर्वाचन प्रणाली र शासकीय स्वरुपमा पनि संशोधन गरेर नयाँ निर्वाचनमा जानुपर्छ ।

’ यी कदमहरुलाई तत्काल अगाडि नबढाइए नेपालको लोकतन्त्र खतरामा पर्नसक्ने उनले बताए। ‘संविधानमा जनताको असन्तुष्टिलाई बहाना बनाएर खोक्रो र अन्ध राष्ट्रवाद भड्काएर मुलुकमा विदेशी हस्तक्षेप निम्त्याउने काम भइरहेको छ,’ उनले भने। छिमेकीलाई गाली गरेर राष्ट्रियता रक्षा हुन्न संयोजक भट्टराईले नेपालको आन्तरिक समस्यामा छिमेकीहरुलाई अनावश्यकरुपमा तान्न नहुने बताए ।

 ‘आन्तरिक मामिलामा छिमेकीहरुलाई तान्ने प्रवृत्ति खतरनाक छ,’ उनले भने, ‘यसले मुलुक प्रतिगमनतर्फ जाने हो कि भन्ने मलाई चिन्ता छ ।’ उत्तर र दक्षिणका छिमेकीलाई र विदेशीलाई ठूलो स्वरले गाली गरेर राष्ट्रियताको रक्षा नहुने भन्दै उनले यस्तो प्रवृत्तिलाई नक्कली राष्ट्रवादको रुपमा टिप्पणी गरे ।

0 comments:

Post a Comment