काठमाडौं, २६ वैशाख ।
व्यवस्थापिका संसदको सदस्य पद त्याग गरेका नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संसद भवन प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले गेटमै रोकेका छन् ।
एमाओवादी परित्याग गरेको २४ घण्टामै सांसद पद त्यागेका बाबुराम आइतबार पहिलोपटक सरकारको नीति तथा कार्यक्रम घोषणा समारोहमा सहभागिता जनाउन नयाँ वानेश्वरस्थित संसद भवनको गेटमा पुगेका थिए ।
त्यहाँ जानुअघि उनले राम्रा कार्यक्रमको स्वागत तथा नराम्राको आलोचना गर्ने जानकारी सम्पूर्णलाई गराएका थिए ।
संसद गेटमा पुगेर भित्र छिर्न खोज्दा सुरक्षाकर्मीले उनको हात समाएर बाहिर ल्याए । किनकि बाबुराम सर्वसाधारणको लाइनबाट संसद भवनभित्र पस्न खोज्दै थिए । उनी त्यहाँबाट पस्न खोजेपछि सुरक्षाकर्मीले बाहिर फर्कायो ।
उनलाई बाहिर फर्काउनुको कारण थियो उनी विशिष्ट व्यक्ति थिए तर, संसदभित्र छिर्दा सर्वसाधारणको लाइनमा लागेका थिए ।
संसद भवन छिर्न दुई लाईन थिए । एउटा थियो सर्वसाधारणको । अर्काे थियो विशिष्ट व्यक्तिहरुको ।
सर्वसाधारणको लाइनबाट भित्र प्रवेश गर्न खोजेका बाबुरामलाई सुरक्षाकर्मीले फर्काएर विशिष्ट व्यक्तिहरुको लाइनबाट भित्र पठायो । अन्तमा उनी विशिष्ट कक्षबाट संसद भवनभित्र प्रवेश गरे ।
संसदको सदस्यता त्याग गरेपछि बाबुराम आइतबार पहिलोपटक संसद भवन छिरेका हुन् ।
Sunday, May 8, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment