300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

राष्ट्रपतिद्धारा नीति तथा कार्यक्रम पेश

मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने सरकारको घोषणा, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योजनाबद्ध किसिमले कार्य गरिने सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योजनावद्ध किसिमले कार्य गर्नेपनि सरकारको घोषणामा उल्लेख छ ।

 आईतवार व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्ततु गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकायको निर्वाचन आगामी मंसिर गर्ने घोषणा गर्नुभयो । यसले स्थानीय निकायसम्म लोकतन्त्रको वास्तविक फल पुग्ने विश्वास सरकारले लिएको छ ।

 यस्तै गरी सरकारले अर्थतन्त्रलाई सुदृढ गर्न आयात कम र निर्यात बढाउनकोलागि विशेष अभियानहरु गर्ने भएको छ । व्यापार घाटा कम गर्नपनि निर्यातमूखी अर्थतन्त्रलाई बढावा दिन उचित वातावरणसहित ठोस सूधारको सुरुवात सरकारले गर्ने भएको छ । सरकारले एक वर्षभित्र आधारभुतरुपमा र २ वर्षभित्र नेपाललाई लोडसेडिङ मुक्त गराउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै गरी सरकारले प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र र जलाशययुक्त आयोजना स्थापना गर्ने सरकारको योजना छ ।

0 comments:

Post a Comment