300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

विप्लव माओवादीबाट नयाँ श्रम ऐन विरोध, ऐनविरुद्ध कडा सङ्घर्षमा उत्रने चेतावनी

चितवन, विप्लव नेतृत्वको नेकपा (माओवादी) सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रम ऐन, २०४८ लाई विस्थापित गर्नेगरी आउन लागेको नयाँ श्रम ऐनको व्यवस्थाविरुद्ध सङ्घर्ष गर्ने भएको छ । दुई दिनसम्म चितवनमा चलेको सङ्गठनको केन्द्रीय समितिको बैठकले नयाँ श्रम ऐनमा व्यवस्था गरिएको मजदुरको ६ महिना परीक्षण कार्यअवधि, रोजगारदाताको इच्छामा मात्र मजदुरको रोजगारीको सुनिश्चितता तथा ज्यालादारी एवम् ठेकेदारी प्रथाको वैधानिकीकरणविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको हो ।

 बैठकको निर्णय सुनाउन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष योगेन्द्र कुमालले काम गरेको २४० दिन स्वतः स्थायी हुन पाउने श्रम ऐनको विरुद्ध ६ महिनासम्म मात्रै परीक्षणकाल राख्नु मजदुरलाई दबाउन खोज्ने नियत भएको बताउनुभयो । उहाँले यस ऐनविरुद्ध कडा सङ्घर्षमा उत्रने चेतावनीसमेत दिनुभयो ।
 यस्तै सङ्गठनले राजनीतिक आस्थाका आधारमा होटेल एभरेस्ट, केएफसी पिज्जाहर्ट, कोहिनुर हिल नवलपरासी, सिजी, टेलिकम, आँगन रेस्टुराँलगायतका विभिन्न प्रतिष्ठानबाट अनेक बहानामा प्रतिष्ठान बन्द गर्ने र मजदुर निष्कासन गर्ने कदम विरुद्ध सङ्घर्ष गर्ने जनाएको छ ।

 यसैगरी, बैठकले चितवन मेडिकल कलेजको व्यवस्थापनले गरेको मजदुर विरोधी कार्य, प्रस्तावित ‘श्रम ऐन २०७१’ खारेज गरी श्रमजीवी मैत्री ऐनको निर्माण र चिया बगान ५० वर्षका लागि साङ्घाई समूहलाई ठेक्कामा दिने निर्णयको विरुद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो । रासस

0 comments:

Post a Comment