300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 11, 2016

Tagged under:

दाङमा युवतीको सामूहिक बलात्कारपछी योनीमा धारिलो हतियार प्रहार

काठमाडौं २९ बैशाख:

दाङ प्रहरीले बुधबार आयोजित पत्रकार सम्मेलन गरी तुलसीपुर नगरपालिका १९ की १८ वर्षीया युवतीको बलात्कार भएको जानकारी दिएको छ । बलात्कार पछि उनको योनी धारिलो हतियारले काटेको देखिएको प्रहरीले वताएको छ । चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार योनी धारिलो हतियारले काट्दा युवतीको अत्याधिक रक्तस्राव भएको थियो । 

यही १५ गते राति घटना भएपनि बलात्कार भएको पुष्टि गर्ने ल्याव रिपोर्ट आउन ढिलो भएकाले १४ दिनपनि बुधबार मात्रै सार्वजनिक गरिएको प्रहरीको भनाइ छ । 

घरमा सुतिरहेकी ति युवतीलाई अपरिचित युवाहरुले बलात्कार गरेको जानकारी दिएको प्रहरीले आफ्नो प्रेमीलाई घरमा प्रवेश दिएपनि अन्य युवकहरु पनि प्रवेश गरेपछि सो घटना भएको हुन सक्ने अनुमान गरिएको छ । प्रेमी सहित युवती सुतेको कोठामा प्रवेश गरेका युवकहरुले बलात्कार गर्न खोजेपछि भएको प्रतिकारमा ति युवकहरुले ब्लेड वा धारिलो औजारले उनको योनी काटिदिएको हुन सक्ने प्रहरी अनुमान छ । अहिले उक्त घटनामा संलग्न भएका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

0 comments:

Post a Comment