काठ्माण्डौ २५ चैत्र :
ल्याटिन अमेरिकी मुलुक डोमिनिकन रिपब्लिकमा एउटा सानो समुदाय रहेको छ जहाँ जन्मिदा केटी भएर जन्मिन्छन् तर किशोरावस्थामा पुगेपछि भने पुरुष बनाइन्छ । अर्थात् त्यहाँका धेरै शिशुमा जन्मिजात यस्तो स्वास्थ्य समस्या छ कि उनीहरुमा जन्मिनेवित्तिकै यौनांग देखिदैन ।
त्यसैले केटी ठहरिन्छन् । यस्तो असामान्य स्वास्थ्यका कारण विज्ञहरुलाई एक प्रकारको औषधी उत्पादन गर्न बाध्य गरेको छ । जोनी डोमिनिकन रिपब्लिकाको एउटा गाउँमा बस्छन् (उनी जन्मिँदा केटीका रुपमा जन्मेका थिए)। औषधीको प्रयोग गरी १२ वर्षको उमेर उनको लिंग परिवर्तन गरियो । यस्तो गर्नुलाई डोमिनिकन रिपब्लिकमा ‘ग्युभेडोस’ भनिन्छ ।
जन्मने वित्तिकै जोनीलाई केटीको रुपमा हुर्काइएको थियो किनकी उनको कुनै स्पष्ट लिंग थिएन । तर किशोरावस्थामा पुगेपछि मात्र उसको लिंग देखियो (डाक्टरहरुले पुरुष हर्मन दिएपछि ) र अन्डकोष पनि झुन्डिन थाल्यो ।
कुनै बेला फेलिसिटा नामले बोलाइने जोनी एउटा रातो जामा लगाएर स्कुल गएको अझै सम्झन्छन्, तथापी केटीको भूमिकामा आफू कहिल्यै पनि खुसी नभएको स्मरण गर्छन् । अर्थात उनी केटाकै हाउभाउ मन पराउथे । ‘विद्यालयमा मैले केटीको जस्तो लुगा लगाउदा कहिल्यै खुसी भइन । मलाई प्राय केटीले खेल्ने खेलौना दिइन्थ्यो । तर म कह्ल्यिै पनि ती खेलौना खेल्न मन पराइन । बरु केटाहरुसँग नै खेल्न मन पथ्र्यो,’ आफ्नो बाल्यकाल सम्झिदै जोनी भन्छन् ।डोमिनिकनमा जोनी जस्ता लाखौं किशोर यस्तो समस्याबाट पिडित छन जो जन्मिदा केटी जस्तै जन्मिन्छन तर निश्चित उमेरपछि औषधीको मद्दतमा उनीहरुलाई पूर्ण रुपमा पुरुष बनाइन्छ ।
स्कुलमा उनी खिसी र मजाकको पात्र बन्थे ।
कहिलकाहिँ उनी आफ्नै समकक्षीसँग आक्रमक व्यबहर देखाउँथे । ‘उनीहरुले मलाई राक्षस भन्ने गर्थे । मलाई हेपेर बोलाउथे । उनीहरुले हद नागेर बोलेकोले मैले मुक्का हिर्काउनुबाहेक अर्को विकल्प थिएन्, ’ उनी भन्छन् । किशोरावस्था पुगेपछि भने उनी प्रष्ट रुपमा पुरुष भए । किनकी १२ वर्षपछि उनलाई पुरुष यौन हर्मन बढ्ने औषधी दिइन थालियो । परुषको यौन हर्मन दिइएपछि उनको मांसपेशी र पाखुरा बढ्न थाल्यो । छातीमा रौ समेत देखिए ।
उनी सहजै केटा जस्तो देखिन थाले ।
पहिला केटीको पोसाक लगाएर विद्यालय जाने उनी अब पुरुष लुगामा सजिन थाले । डोमिनिकनमा जोनी जस्ता लाखौं किशोर यस्तो समस्याबाट पिडित छन जो जन्मिदा केटी जस्तै जन्मिन्छन तर निश्चित उमेरपछि औषधीको मद्दतमा उनीहरुलाई पूर्ण रुपमा पुरुष बनाइन्छ ।
अनौठो स्वास्थ्य समस्या देखिएपछि अमेरिका लगायतका देशका चिकित्सकको ध्यान डोमेनिकन रिपब्लिकनतर्फ बढेको छ । यसको अध्ययन गर्न केही अमेरिकी चिकित्सक सो समुदाय बसेको ठाउँमा समेत पुग्ने गरेका छन् ।
न्युर्योकस्थित कोर्नेल मेडिकल कलेजका डा. जुलियाने इम्पेरटो–म्याक गिन्ले यस अस्वभाविक स्वास्थ्य अवस्थाको बारेमा डोमेनिकन पुगेर नै अध्ययन गरेकी छिन् । फलस्वरुप गिन्ले रिपब्लिकको दुर्गम भेगतर्फ भौतारिइन् । त्यहाँ पुगेपछि किशोरीहरु पुरुष हुने असामान्य अवस्थाको उनले आफ्नै आँखाले देखिन् ।
उनले प्रशस्त अध्ययन पनि गरिन् ।
सामान्यतया एक्स–एक्स क्रोमोजोमबाट छोरी जन्मिन्छन् भने एक्स–वाई क्रोमोजोमबाट पुरुष जन्मिन्छन् । कोखमा रहँदा पहिलो केही सातातिर शिशुको लिंगको पहिचान हुँदैन, तथापी दुबै लिंगमा ‘निपल’ विकसित हुन सुरु हुन्छ ।
गर्भवती भएको आठ सातापमिछ सेक्स हर्मन विकसित हुन्छ । तर डोमेनिकन यस समुदायमा जन्मिने बालकमा भने वशाणुगत रुपमा सेक्स हर्मन विकास हुँदैन । सोही कारण किशोरावस्थामा पुगेपछि लिंग बढ्ने हर्मन दिइन्छ ।
म्याक गिन्लेले ग्युभेडोजको बारेमा अध्ययन गरेपछि यो खुलासा भयो कि उनीहरु जन्मिदा पुरुषको लिंग नदेखिुनमा उनीहरुमा ५ अल्फा नाम गरेको एक प्रकारको इन्जाइम अपर्याप्त देखिन्छ ।
एक्सवाई क्रोमोजोम भएका केटाहरु जन्मिँदा महिला भएर जन्मिन्छन् । यौनांगले काम गर्न सुरु गरेपछि उनीहरुलाई केटाहरुको यौन हर्मन दिइन्छ । किशोरावस्थमा उनीहरुको शरिरले यो हर्मन सजिलै लिन्छ । अनि बिस्तारै उनीहरुको मांशपेसी बढ्छ, लिंग उत्जेजित हुन्छ र अन्य पुरुषले जस्तै काम गर्छन् । (बीबीसीको सहयोगमा) स्वास्थ्य खबर पत्रीकामा समाचार छ ।
Wednesday, May 11, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment