300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

इमर्जेन्सीमा भर्ना भएका विरामीले अस्पतालमा गरे तोडफोड

बझाङ, जेठ ३– इमर्जेन्सीमा भर्ना भएका एक बिरामीले जिल्ला अस्पताल बझाङमा तोडफोड गरेका छन् । अस्पताल भर्ना भएका दमका रोगी जयपृथ्वी नगरपालिका ९ का धर्मराज जोशीले तोडफोड गरेको अस्पतालले आरोप लगाएको छ ।

तोडफोडमा आकास्मिक कक्षमा रहेका अत्यावश्यक उपकरणहरु लगायत अन्य भौतिक सम्पत्तिमा नोक्सानी पुगेको अस्पतालले जनाएको छ । आकास्मिक कक्षमा सुतिरहेका जोशीले राती उठेर कक्षमा रहेको टेबुल, दराज र ६ वटा कुर्सीसमेत तोडफोड गरेको जिल्ला अस्पताल प्रमुख डा. विष्णुप्रसाद खतिवडाले बताउनुभयो ।

 ‘औषधि खाएर बिरामी सुतिराखेका थियो, अवस्था सामान्य थियो, राती तोडफोड गरेको र चिच्याएको आवाज आयो’ डा. खतिवडाले भन्नुभयो ‘गएर हेर्दा धेरै क्षति गरिसकेका रहेछन् ।’ आकस्मिक कक्षमा जोशी एक्लै हुनुहुन्थ्यो । जोशीलाई राती नै जिल्ला प्रहरी कार्यालयको समन्वयमा विमानस्थल सुरक्षा गार्डले पक्राउ गरेको छ । तोडफोडबाट झण्डै २ लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ । जोशीलाई मानसिक रोग लागेको हुन सक्ने चिकित्सकको अनुमान छ ।

 जिल्ला प्रहरी कार्यलयको हिरासतमा रहेका जोशीको मानसिक अवस्था सामान्य नरहेको र खाना पनि खान नमानेको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो । बिरामीको स्वास्थ्य अवस्था ठिक नभएका कारण धेरै दिन हिरासत राख्न गाह्रो हुने भएकाले जिल्ला जनस्वास्थ्य कार्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक खड्का र आफन्तको जिम्मा लगाईएको छ । जोशीका आफन्तलाई बोलाएर क्षति भएको सामानको क्षतिपूर्ति तिराउने र उपचारको लागि पहल भएको प्रहरी नायब उपरिक्षक अधिकारीले जानकारी दिनुभयो । शिक्षकसमेत रहेका जोशी सोझो र इमान्दार स्वभावको भएको नजिकबाट चिन्नेहरु बताउछन ।

0 comments:

Post a Comment