उक्त समाचार आजका पत्रपत्रिकामा प्रकाशित भएपछि हमालले सामाजिक सञ्जाल फेसबुकबाटै सेनाको यस्तो कार्यबाट आफू लज्जित भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले लेखेका छन्– नेपाली सेना देशको गौरव हो । तर, यो समाचार पढेपछि देशको एउटा नागरिकका रुपमा मेरो गौरव चकनाचुर भएको छ । देशको एउटा विनम्र कलाकारका रुपमा मैले हिनतावोध गरे । यदि उनीहरुलाई विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु नै थियो भने सादा पोशाकमा गर्न सक्थे ।’
भूकम्प पीडितको सहयोका लागि भन्दै सेनाका श्रीमतीहरुले शनिबार साँझ टुँडिखेलमा अमरपक्षी नामको कन्सर्ट आयोजना गरेको थियो । जहाँ बलिउड नायिका सोनाक्षी सिन्हा र मलाइका अरोरा आएका थिए । इण्डियन हिरोइनलाई स्वागत गर्न जर्नेल नै पठाएपछि सामाजिक सञ्जालमा नेपाली सेनाको चर्काे अलोचना भएको छ भने प्रधानसेनापति राजेन्द्र क्षत्रीले जवाफ दिनुपर्ने आवाज पनि उठ्न थालेको छ । यस्तो छ राजेशको फेसबुक स्टाटसः


0 comments:
Post a Comment