बैशाख २२ । बेवी प्रोडक्टस उत्पादनमा चर्चित कम्पनी जोन्सन एण्ड जोन्सन(जोएजो)लाई अर्को झट्का लागेको छ । जोएजोका उत्पादन प्रयोग गरेकै कारण अाफुलाई गर्भाशयको क्यान्सर लागेको दावी गर्दै एक महिलाले दिएको मुद्धामा फैसला गर्दै अमेरिकाको तल्लो अदालतले कम्पनीलाई दोषि ठहर गरेको छ ।
साथै अदालतले ती महिलालाई ५.५ करोड अमेरिकी डलर (झण्डै ५४० करोड नेपाली रुँपैया) मुआब्जा दिन समेत आदेश दिएको छ ।
यद्यपी यो आदेशको विरुद्धमा कम्पनीले माथिल्लो अदालतमा अपिल गर्ने र आफ्ना उत्पादनको बचाउ गर्ने बताइसकेको छ । यसअघि पनि यस्तै केसमा जेएजे कम्पनीलाई ७.२ करोड डलर सजाँय भैसकेको छ । हाल जेएजे कम्पनी विरुद्ध १२०० बढी मुद्दा परेका छन् ।
जेएजेको वेवी पाउडरको प्रयोगले क्यान्सरको खतरा बढेको समाचार सार्वजनिक भएपछि विश्वभर यसको उत्पादन प्रयोगमा निकै कमि आएको छ ।
Wednesday, May 4, 2016
Tagged under: International
जोन्सन एण्ड जोन्सनकाे बेवी पाउडरकाे प्रयोगले क्यान्सर ! ५४० करोड मुआब्जा दिन अदालतको आदेश
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment