300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 4, 2016

Tagged under:

फेसबुक एकाउण्ट ह्याक हुन नदिन यसो गर्नुस्

इन्टरनेट प्रयोग गर्दैगर्दा सुरक्षामा ध्यान दिइएन भने जो कोहीले पनि गोपनियता थाहा पाउन सक्छन् र निजी विषय सार्बजनिक हुने खतरा बढेर जान्छ । नेपालमा फेसुबकको दुरुपयोगको विषयलाई लिएर दैनिकजसो समाचार आइरहेका छन् । प्रयोगकर्ताले पनि आधारभुत सुरक्षामा ध्यान नदिदा त्यस्तो बदमासी भइरहेको छ । फेसुबक र गुगलको प्रयोग गर्दैगर्दा पासवर्ड ह्याक नहोस् भनेर आफ्ना युजरलाई दोहोरो सुरक्षा विधी अर्थात टु स्टेप भेरिफिकेशनको सुविधा उपलब्ध गराउदै आएको छ ।

कमै मात्र प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्ने गरेको पाइएको छ । कारण : थाहा नै नभएर । थाहा पाएपनि झन्झटिलो लागेर । इन्टरनेट विशेषतः फेसबुकमा हुने गरेका गतिविधीलाई गोप्य नै राख्न दोहोरो सुरक्षा विधी प्रयोग गर्न जरुरी छ । प्रक्रियामा केही झन्झटिलो भएपनि यो फिचरको काम भनेको पासवर्ड सुरक्षित राख्नु हो । सो सुविधाको छनोटले फेसबुक एकाउण्ट ह्याक हुने सम्भावना न्युन भएर जान्छ । यदी कसैले पासवर्ड थाहा पाएर बदमासी गर्दैछ भने पनि कहाँ कुन ठाउँबाट कसले बदमासी गर्दैछ सजिलै थाहा पाउन सकिन्छ र थप नोक्सानी हुन नदिन तत्कालै सचेत बनाउने काम गर्दछ ।

 फेसबुक एकाउण्टलाई मोबाइलसगँ जोड्नुस् : फेसबुकलाई मोबाइलमा जोड्नु भयो भने मेरो फेसबुकको पासवर्ड यो हो चाहिन्छ ! भन्दै हिडेपनि केही फरक पदैन । भन्न खोजिएको यो हो की फेसबुकको पासवर्ड दिएपनि अरु कसैले लगइन गर्न सक्दैनन्। फेसबुक लगइन गर्न पासवर्ड राखिसकेपछि मोबाइलमा प्राप्त हुने ६ अकंको ‘लगइन एप्रोभल्स कोड’ अनिबार्य हुन्छ । लगइन एप्रोभल कोर्डको प्रयोगपछि मात्रै फेसबुक खोल्न सकिन्छ ।

यो सुविधा फेसबुकमा कहाँ हुन्छ ? हेर्नुस् : Facebook Login Approvals methods यती गरिसकेपछि लगइन अर्टलको सुविधा पनि राख्न नविर्सनुस् । लगइन एप्रोभलसँगै लगइन अर्लटमा क्लिक गर्नुस् र सो फिचरले अन्य कुनै ठाउँबाट अरु कसैले फेसबुक लगइन गर्दैछ भने त्यसको जानकारी तुरुन्तै फेसबुकको नोटिफिकेशनमा, मोबाइल म्यासेजमा र इमेलमा अलर्ट म्यासेजको रुपमा पाउन सकिन्छ । मोबाइलमा प्राप्त हुने कोडबिना फेसबुक लगइन गर्न त सकिदैन नै फेसबुक खोल्न कसैले प्रयास गरिरहेको रहेछ भन्ने जानकारी थाहा पाउन सकिन्छ र तुरन्तै नयाँ पासवर्ड परिवर्तन गरेर हुनसक्ने क्षतीलाई न्यूनिकरण गर्न मद्धत गर्दछ । फोटोमा हेर्नुस : alert फेसबुकमा याहू हैन जिमेलको आइडी प्रयोग गर्नुस् : यदि फेसुबक एकाउण्ट बनाउदै गर्दा याहू आइडी राखेर फेसबुक चलाउदै हुनुहन्छ भने याहू हैन जिमेल आइडी राखेर फेसबुक चलाउन थाल्नुस् । कारणहरु : याहूको तुलनामा गुगलले एकाउण्ट सुरक्षामा बढी ध्यान दिएको छ ।

 गुगलले पासवर्ड ह्याक हुन नदिन ‘टु स्टेप भेरिफिकेशन’को सुविधा दिदै आएको छ । गुगलमा राखिने ‘टु स्टेप भेरिभिकेसन’ले अझ फेसबुक एकाउण्टको सुरक्षालाई बढावा दिन्छ । गुगलमा सेट गरिएको ‘टु स्टेप भेरिफिकेशन’ले नियन्त्रण बाहिर गएको फेसबुकलाई पनि फर्काउन मद्धत गर्दछ ।

फेसबुकमा याहूको इमेल हटाएर जिमेल आइडी कसरी राख्ने ? यहाँ हेर्नुस् : how to change email id on facebook account आफ्नो फेसबुक एकाउण्ट सुरक्षित राख्न यस्ता विषय पनि थाहा पाइराख्नुस् : फेसबुकमा प्रयोग हुने जन्ममितिमा सहिसाचो जन्ममिति मात्रै राख्नुस् । सुरक्षाको लागि भन्दै फेसबुकले र गुगलले सोध्ने प्रश्नको उत्तर कपोकल्पित नदिनुस्, साचोँ जानकारीले फेसबुक तथा गुगलमा समस्या आइपर्दा समस्या समाधान गर्न सजिलो हुन्छ । प्राय: यस्ता प्रश्न सोधिरहेको हुन्छ, ‘तपाइको प्राथमिक विद्यालयको मनपर्ने शिक्षकको अन्तिम नाम (थर) भन्नुस् ।’

 इमेलसँगै मोबाइल पनि फेसबुक, गुगल लगइनको लागि अन्तिम विकल्प हुनेहुँदा विश्वासिलो पात्र बाहेक अरु कसैलाई पनि मोबाइल प्रयोग गर्न नदिनुस् । नयाँ डिभाइसमा बसेर फेसबुक लगायत साइट लगइन गर्नुपर्ने भयो भने प्रयोगपश्चात इन्टरनेट ब्राउजरको कुकिज क्लियर गर्न नबिर्सनुस् । ब्राउज क्लियर गर्दा तपाइको डाटा चोरी हुने सम्भावना कम हुन जान्छ । यदी मोबाइल हरायो भने तुरुन्तै नम्बर डिएक्टिभ गरिहाल्नुस् । एक देशबाट अर्को ठाउमा वा फोन नलाग्ने ठाउमा जानुपर्ने छ भने १० पटकसम्मलाई लगइन एप्रोभल्स कोर्ड पिन्ट गरेर वा टिपेर पनि फेसबुक र गुगलको प्रयोग गर्न सकिन्छ

0 comments:

Post a Comment